Nepali News Portal

लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा दोब्बरले वृद्धि हुन्छ : ढकाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा। ईन्द्र ढकालले अस्पतालमा सोमबार मेसुको रुपमा पदभार ग्रहण गर्नुभएको छ ।  सो अवसरमा बोल्दै शल्यक्रिया सेवाको क्षमता वृद्धि गरिने बताउनुभएको छ ।

शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धि गरिने उल्लेख गदै सेवालाई सरल र छितो छरितो बनाउन आफूले प्रयास गर्ने बताउनुभयो । दोस्रो कार्यकालका लागि मेडिकल सुपेरिटेन्डेन बननुभएका डा. ढकालले आफ्नो नेतृत्वमा परिणाम देखिने गरी सुधार गर्दै लैजाने प्रतिवद्धता गर्नुभयो ।

अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवाहरुलाई चुस्तदुरुस्त बनाउँदै सकेसम्म सेवाग्राहीलाई अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गर्नुभयो । उपचारका लागि बाहिर जानु पर्ने अवस्थालाई क्रमिक रुपमा सुधार गर्दै लैजाने भन्दै सबैको सहकार्य र प्रतिवद्धताको खाँचो रहको बताउनुभयो ।

यसैगरी बढ्दो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले गुनासोरहित स्वास्थ्य सेवाका लागि सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको साथ आवश्यक रहेको उनले बताउनुभयो जनताले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार प्रत्याभुतका लागि अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमलाई एक महिना भित्र सुधार गरेर लैजाने प्रतिवद्धता गर्नुभयो ।

पदस्थापनको अवसरका शुभकाना व्यक्त गर्दै अस्पताल बिकास समितिका पूर्व अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले सधै सम्झिनेगरी जिम्मेवारी पूरा गर्न मेसु ढकाललाई सुझाव दिनुभयो । सार्वजनिक पदमा बसेर काम गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताउँदै  यसका सामना लागि सहकार्य नै उपयुक्त विकल्प भएको उल्लेख गर्नुभयो । यसैगरी अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले शुभकामना व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या र चुनौतिहरु रहेको बताउँदै उनले ती चुतौतिको सामना गर्न सक्षम नेतृत्व र भूमिकाको आवश्यक रहने बताउदै गुनासो नआउने गरी कार्यसम्पादन गर्न सुझाउनुभयो ।

अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा आयोजित पदस्थापन तथा शुभाकामना कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, अस्पतालका विभाग प्रमुखहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.