Nepali News Portal

बुटवलमा गुन्जीयो गजलसागर

बुटवल।गजल सागर नेपालको काब्य मन्जरी कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । गजलमा अब्बल बुटवलका स्रष्टा हरुलाई जगाउने उदेश्यले धेरै समयपछि यो कार्यक्रम गरिएको हो कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्राज्ञ बुँद रानाले पछिल्लो समयमा हराउँदै गएको साहित्य संरक्षणको लागी साहित्यिक कार्यक्रम बढाउनुपर्ने भन्दै यो कार्यक्रम शुरुवात राम्रो भएको बताउदै गजल सागर नेपाललाई शुभकामना दिए ।

कोभिडपछी विविध कारणबस यो कार्यक्रम भौतिक रुपमा गर्न नसकेको गजल सागर नेपालका सचिव कुष्ण गाउँलेले बताए।गजल सागर नेपालले हरेक महिनाको दोस्रो शनिबार कार्यक्रम गदैृ आएको थियो ।गजल सागर नेपालका अध्यक्ष मिन रानाले अब यसलाई निरन्तरता दिने गरी सुरुवात गरिएको र अबका कार्यक्रम नियमित हुने बताए ।

 

 

कार्यक्रममा अतिथिको रूपमा रहेका ४ जना साहित्यकारहरू कवि शंकर भण्डारी, गजलकार शुसिल सापकोटा, कवि जयन्ती मगर सरगम, गजलकार मिलन समिर लगायतले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । कार्यक्रममा रूपन्देहीसहित विभिन्न जिल्लाबाट साहित्यका पारखी मनहरूको बाक्लो सहभागीता रहेको थियो ।

गजल सागर नेपालका कोषध्यक्ष सुनिता चुँदाली को अध्यक्षता सदस्य हरिप्रसाद पौडेलको स्वागत सचिव कृष्ण गाउँलेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बैदेशिक रोजगारीको शिलसिलामा रहेका अध्यक्ष मिन रानाको अनुपस्थितिमा सचिव कोषाध्यक्ष,सदस्यहरूको सक्रियतामा बुटवलमा कार्यक्रम गरिएको हो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.