Nepali News Portal

रिडी–तम्घास सडकखण्ड आजदेखि असार१६ सम्म दैनिक १२ घण्टा बन्द

गुल्मी ।स्तरोन्नतीसँगै कालोपत्रे गर्नका लागि आजदेखि  रिडी–तम्घास सडकखण्ड पुनः एक महिनासम्म बन्द  हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

 

मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।

 

सवारी साधनको चाप बढेसँगै पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गरिँदै छ । सोही योजना अन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।यो समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.