Nepali News Portal

अभिकर्ता क्षमता अभिवृद्धि तालिम तथा सम्मान कार्यक्रम सम्पन्न ।

बुटवल ।

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बनी प्रदेश अन्तर्गत बुटवल  शाखाको आयोजनामा अभिकर्ताहरुको लागी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख बजार अधिकृत गणेश चौलागाईले मानव मस्तिष्कले जे चाहन्छ त्यो पाउन सक्ने अदभुत प्राकृतिक क्षमता भएकोले बीमा अभिकर्ताहरुले लक्ष्य निर्धारण गर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सिनाले तालिममको उद्देश्य तथा औचित्य माथि प्रकाश पार्दै जीवन बीमाले मानव जिवनमा आईपर्ने जोखिम बहन गर्ने हुदा लाखौ परिवारको बित्तिय सुरक्षा आईएमई लाईफ इन्सुरेन्स कम्पनीले लिएको प्रति सबैले गौरब गर्नुपर्र्ने बताउनुभयो । प्रशिक्षक तथा बरिष्ट उत्प्रेरक सौरभ लोहनीलेकारात्मक सोच, प्रडक्टको आकर्षण, ब्यक्तित्व बिकासका नियम तथा बीमाका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

सहभागिहरुको तर्फबाट चिन्तामणी खरेल, शाखा प्रमुखहरुको तर्फबाट गुल्मी शाखा प्रमुख बिमल छन्तेलले बोल्दै तालिम अत्यन्तै महत्वपुर्ण भएकोबताउनुभयो । कार्यक्रममा एम डि आरटी,सिएम ,ए एम, क्लब एचिभर्सहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम आईएमई लाइफ इन्स्योरेन्स बुटवल शाखाका का क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थीको अध्यक्षता गुल्मी एरिया शाखा प्रमुख खुमलाल अर्याललको स्वागत चन्द्रौटा शाखा प्रमुख माया बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.