बुटवल ।
आइएमई लाइफ इन्योरेन्सले अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले नेपालगंजमा अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कबि फुयालले बीमामा पृथक योजना सहित कम्पनीका अभिकर्ताहरुको क्षमता अभिवृद्धी गर्न र विभिन्न विीत्तय सुचकांकमा अघि रहन कम्पनीले बिविध कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।
त्यसैगरि, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेसाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज टेक्निकहरु बताउँदै पेसागत अभिकर्ताको विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताउनुभयोकम्पनीका तालिम प्रमुख प्रशिक्षक सौरभ लोहनीले आत्मनिर्भर हुनको लागी पनी अभिकर्ता पेशा अत्यन्तै राम्रो रहेको बताउनुभयो
कार्यक्रम प्रदेश प्रमुख प्रेम तिमिल्सिनाको अध्यक्षता ,नेपालगंज शाखाका एजेन्सी म्यानेजर टिकाराम चौधरीको संचालनमा सम्पन्न भएको थियो । तालिममा १३० जना अभिकर्ताहरु सहभागी थिए ।