Nepali News Portal

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

विराटनगर ।

कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.