Nepali News Portal

चीनको छुङकिङ संगको सहकार्यले लुम्बिनी प्रदेशको विकास हुनेछ : सभामुख

छुङकिङ (चीन )। चीन भ्रमणमा रहनु भएका लुम्बिनी प्रदेशका  सभामुख तुलाराम घर्ती मगर ज्युको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल र छुङ्किङ् म्युनिसिपल पिपुल्स कांग्रेसका प्रतिनिधि बीच भेटबार्ता भएको छ । छुङ्किङमा भएको भेटबार्तामा संसदीय अभ्यास तथा अनुभव आदानप्रदान, छुङ्किङ् र लुम्बिनी प्रदेशको बिधायीकी सम्बन्धि छलफल भएको थियोे । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफु पहिलो पटक छुङकिङ आएको बताउनुहुँदै छुङकिङको आर्थिक र सामाजिक विकासमा हासिल भएका उत्कृष्ट उपलब्धिहरू देखेर खुशी भएको बताउनु भयो । उहाँले जनताको व्यवस्थित राजनीतिक सहभागिताको अनुभव सिक्न लायक भएको पनि बताउनु भएको थियो।  सभामुख घर्ती मगरले चीन संगको सहकार्यमा नेपाल र लुम्बिनी प्रदेशको राम्रो विकास हुने विश्वास व्यक्त गर्नु भयो । छुङ्किङ् म्युनिसिपल पिपुल्स कांग्रेसका स्थायी समितिका निर्देशक ( सभामुख ) वाङ जिओङले लुम्बिनी प्रदेश सभाका प्रतिनिधिमण्डललाई छुङकिङमा स्वागत गर्नुहुदै छुङकिङको आधारभूत अवस्थाको संक्षिप्त जानकारी गराउनु भयो । गत महिना महासचिव सी चिनपिङले छुङकिङको भ्रमण गर्नुभएको र आर्थिक र सामाजिक विकासका बारेमा रिपोर्टहरू सुनेको उहाँले बताउनुभयो। उहाँले महासचिव सी चिनपिङका निर्देशनहरूको कार्यान्वयनलाई दृढतापूर्वक बढावा दिएको बताउनु हुँदै सहरका सबै तहका जन-काङ्ग्रेसले पार्टीको समग्र नेतृत्वलाई पालना गरेको बताउनु भयो । हालैका वर्षहरूमा, छुङकिङ र नेपालबीचको सहयोग तथा अनुभव आदानप्रदान झन् बढ्दै गएको बताउनु हुँदै उहाँले विधायीका निकायहरू बीच मैत्रीपूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । भेटबार्तामा महानगरीय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष (उपसभामुख )चाओ शिछिङ्, महासचिब चोउ शाओचङ्, छुङकिङ् महानगरीय जन काँग्रेसको जनजातीय, धार्मिक, प्रवासी चिनियाँ र विदेश मामिला समिति उपसभापति चाङ् सुएमिन, छुङ्किङ् महानगरीय सरकारको विदेश मामिला विभागका महानिर्देशक वाङ् वेन सहभागी हुनुहुन्थ्यो भने लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, महिला नेतृ एवं माननीय सभामुख ज्युको धर्मपत्नी दिल कुमारी रोका,  उप–सभामुख मेनुका खांड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत  तुलसी प्रसाद चौधरी र प्रदेश सभा सचिव दुर्लभकुमार पुन भेटबार्तामा सहभागी हुनुहुन्थ्यो । भेटमा लुम्बिनी प्रदेशका माननीय सभामुख घर्ती मगर ज्युले छुङ्किङ् म्युनिसिपल पिपुल्स कांग्रेसका पदाधिकारीहरुलाई लुम्बिनीको भ्रमणको लागि निम्तो दिनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.