Nepali News Portal

बुटवलमा कम्युनिष्ट नेता निर्मल लामाको योगदानको चर्चा

बुटवल ।   निर्मल लामा स्मृति प्रतिष्ठान नेपाल  शाखा रुपन्देहीको आयोजनामा आज २४ औ निर्मल लामा स्मृति दिवसको सन्दर्भमा  लामाले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरिएको छ ।   बामपंथी आन्दोलनको मोर्चा सम्हालेका लामाको नेपालमा कम्युनिस्ट पार्टी निर्माणमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। प्रतिस्ठानका उपाध्यक्ष सोमनाथ शर्माको अध्यक्षता सदस्य खुमानन्द भुसालको स्वागत, सचिब लाल बहादुर थापाको संचालनमा भएको कार्यक्रममा  केन्द्रिय सचीव एव स्थायी समिती सदस्य हकिकुल्लाह खाले  सर्बहारा वर्गीय नेता लामाको बर्गिय पक्षधरता अनुसरण योग्य रहेको बताउनु भयो । उहाँले चिन्तन र दृष्टिकोण मात्र होईन  ब्यबहारिक रूपमा समेत कम्युनिष्टहरुमा कम्युनिष्ट चरित्र देखिनु पर्ने बताउनु भयो ।    नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज बामदेब क्षेत्रीले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।  उहाँले  पार्टी मातहतमा सहिद स्मृति  प्रतिस्ठानलाई एकै ठाउमा ल्याउने गरि काम गर्न लागिएको बताउनु भयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय कार्यालय सदस्य  प्रेम सुबेदी,  प्रेस  सेन्टर नेपालका उप महासचिव यानेन्द्र जिसी, सहिद स्मृति प्रतिस्ठान रुपन्देहीका उपाध्यक्ष  मनोज राना लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.