Nepali News Portal

लायन्स भृकुटी टाउन मनकामनाद्वारा बाख्रा वितरण

वुटवल।
भृकुटी टाउन मनकामनाले पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका वार्ड नं ६ शिवपुरगढीका विपन्न परिवारलाई २५ वटा बाख्रा बितरण गरेको छ ।

श्रमिक दिवसको अवसरमा उक्त वडाका महिलाहरुलाई उद्यमशिल र आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा बितरण गरेको हो । क्लबले उक्त ठाउंमा २०७३ साल देखि हालसम्म १७५ भन्दा बढी बाख्रा बितरण गरेको क्लबकी अध्यक्ष सिमा घिमिरेले जानकारी दिइन् । उक्त ठाउंलाई बाख्रा पालनमार्फत महिलाहरुले राम्रो आय आर्जन गरेको ठाउंको रुपमा राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने उद्देश्यले बाख्रा वितरणलाई निरन्तरता दिइएको र भविष्यमा पनि दिने अध्यक्ष घिमिरेले बताइन् ।

बाख्रा बितरण कार्यक्रममा लायन्स क्लबका गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग , पिआरओ इन चिफ दिपक कुमार श्रेष्ठ , जोन चियरपर्सन कुमार तामाङ , पवित्रा श्रेष्ठ कार्यक्रम संयोजक संस्थापक अध्यक्ष मञ्जु पराजुली र इश्वरी पन्थ बस्याल लगायतले बोलेका चिए ।

 

You might also like
Leave A Reply

Your email address will not be published.