Nepali News Portal

आइएमई लाइफद्धारा बीमा दावी रकम हस्तान्तरण

 

बुटवल ।
आइएमई लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको रूपन्देहि शाखाले सैनामैना नगरपालिका १ । पर्रोहा मा बीमा मृत्यु दाबि रकम भुक्तानी गरेको  हो ।

मेरूदण्ड बचत तथा ऋण सहकारी संस्थाका सैनामैना नगरपालिका ३ रूपन्देहिका स्वर्गीय डिल बहादुर थारूको परिवारलाई १३ लाख ७० हजार र स्वर्गीय शान्ति ठकुरीको परिवारलाई २ लाख गरी जम्मा १५ लाख ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

मृत्यु दाबि भुक्तानि कार्यक्रममा बोल्दै लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख राजेन्द्र पन्थीले बीमाको बारेमा प्रष्ट पार्दे बीमा गर्नु  भनेको मृत्यूपछी परिवारलाई पनी राहात भएकोले सहकारीका सबै ऋणिले अनिवार्य बीमा गर्नुपर्ने र सहकारी संस्थाबाट ऋण लिने सदस्यहरूका लागि समेत बीमा दाबी गर्न सकिने भएकोले यो योजना सबै सहकारीले लागु गर्नुपर्ने बताए ।

 

You might also like
Leave A Reply

Your email address will not be published.