बुटवल । नेपाल राष्ट्रिय कर्माचारी संगठन, रुपन्देही जिल्ला कार्य समितीले नव बर्ष २०८१को शुभकामना आदानप्रदान तथा भित्ते क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । संगठन रुपन्देही जिल्ला कार्य समिती अध्यक्ष उत्सव न्यौपानेको अध्यक्षतामा शुक्रबार बुटवलमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बामदेव क्षेत्रीले रास्ट्रसेवक कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज राजु राना , नेकपा माओवादी केन्द्र जिल्ला संयोजक नारायण जिसि (निर्मल) नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य सुजित बिक लगायत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संगठनले कर्मचारीको हकहित र अधिकारको संरक्षणका साथै रचनात्मक कार्य गर्दै आएको छ ।