Nepali News Portal

एकिकृत योजना बनाई प्रदेशका योजनाहरु प्रभावकारी बनाइन्छ : मुख्यमन्त्री

देउखुरी । लुम्विनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले एकिकृत योजना बनाई प्रदेशका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताउनु भएको छ ।
पछिल्लो समय ग्रामिण क्षेत्रबाट वसाइसराई तिव्र भएको र जनसंख्यामा समेत असन्तुलन आएको बताउनु हुदै उहांले योजनाले यसलाई व्यवस्थापन गरिने बताउनु भयो । ग्रामिण क्षेत्रमा रोजगारी श्रृजना गरी विदेश  पलायनलाई रोक्न प्रदेश सरकारले विशेष योजना बनाउन लागेको समेत उहांले जानकारी दिनु भयो ।
प्रदेश राजधानी देउखुरीमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री महराले भन्नुभयो– “गाउंका जग्गा वाझो भएको छ श्रम गर्न कसैले चाहदैन ।” श्रमप्रति सम्मान गर्ने र गाउंलाई श्रमले सिंञ्चीत गर्ने गरी प्रदेश सरकारले योजना बनाउन लागेको उहांले बताउनु भयो ।
संरचना निर्माणलाई दिगोपनको लागी सोही अनुसारको संरचना निर्माण गर्नुको विकल्प नभएको उहांको भनाई छ ।  उहांले आगामी वजेटमा टुक्रे योजनालाई प्राथमिकता नदिने स्पष्ट पानुहुदै साना योजना स्थानीय तह र मझौला तथा ठूला योजना प्रदेश सरकारले तयार गर्ने अघि वढेको बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.