बुटवल । साहित्यकार देवेन्द्रराज शाक्यको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। लुम्विनी वाङ्मय प्रतिष्ठान लुम्विनी प्रदेश , समद्धी सरोकार केन्द्र नेपालको आयोजना तथा नारी साहित्य सिर्जना मञ्जको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
मुत्यु बोधले सिर्जनाका मार्गहरु अबरुद्ध बनाईनुहुन्न भन्ने यथार्थता संगै ब्युझिर सकारात्मक सोच सबै बर्ग र तहका लागी उहाँ लाग्नुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी विश्व हिन्दु महासङ्का अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले साहित्य क्षेत्रमा देवेन्द्र राज शाक्यले गरेको उत्कृष्ट लगानिको खुलेर प्रससा गर्दै साहित्याकासमा अझै चमकता आओस् भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रमका बिशिस्ठ अतिथि प्राज्ञ बुद राना , साहित्यकार बिजय सागर , सस्कृत बिद् राजेन्द्रकुमार आचार्य , पत्रकार सेनानि मदनलाल पौड्याल , कान्ति मा वि का प्राचार्य गोबिन्द ज्ञवाली लगायत ले मन्तव्य राख्नुभएको थियो ।
समृद्धी सरोकार केन्द्र नेपालका अध्यक्ष गणेश घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को कान्ति मा वि इन्चार्ज लिलाधर पाण्डेको संथालनमा सम्पन्न भएको थियो , यो बटौली हो २०६१ , विश्वशान्तिको शहर लुम्बिनी २०६२ महामानव वुद्ध २०६५ आमा२०६८ कविता उहाका चर्चीत संग्रहहरु हुन । साहित्यकार देवेन्द्रराज शाक्यले दर्जनौं पदक , पुरस्कार, सम्मान र प्रशंसा पाउनु भएको छ ।