बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् । उनले आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका छन्। दाबी पेश गरिएपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएका थिए। उनले बिहीबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए । फागुन २१ गते एमाले र माओवादीसहित पाँच दल मिनेर नयाँ गठबन्धन बनेसँगै चौधरी सरकार संकटमा परेको थियो ।
प्रदेश प्रमुख शेरचनले आज शुक्रबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४ सांसद छन् । राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।
को हुन जोखबहादुर महरा?
१) नाम – जोखबहादुर महरा (प्रताप)
२) पारिवारिक स्थिति – श्रीमती, छोराहरु ४ भाई
बुवाको नाम – खलबहादुर महरा (दिवंगत)
आमाको नाम – रमिता महरा
३) जन्ममिति – २०२० कार्तिक १गते
४) ठेगाना – जन्म स्थान साविक गजुल –२ रोल्पा, सुनिलस्मृति–५ गजुल काट्ने रोल्पा
५) राष्ट्रियता – नेपाली
६) भाषा – मातृभाषा नेपाली, बोल्ने र बुझ्ने – अग्रेजी र हिन्दी
७) शिक्षा– एस.एल.सि., (श्री जन ज्योति मावि जगुल रोल्पा) प्रमाणपत्र तह, राजनितिशात्र÷अर्थशात्र,संस्कृति,महेन्द्र बहुमुखिक्याम्पस दाङ., स्नातकतह, , राजनितिशात्र÷अर्थशात्र,महेन्द्र बहुमुखिक्याम्पस दाङ
८) पेशा – राजनीति
९)अनुभवः–
वि.स २०३७ साल देखि २०३९ सम्म प्रावि शिक्षक,वि.स २०४४ देखि २०५० साल सम्म मावि शिक्षक
बि.सं. २०३५ र ३६ सालको विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा प्रवेश ।
वि.स. २०४२ सालमा अ.ने.रा.स्व.वि.यु.को दाङको सचिव ।
वि.स २०४२ सालमा नेकपा मशालको पार्टी सदस्य ।
वि.स २०४३ सालमा अ.ने.रा.स्व.वि.यु.को केन्द्रीय सदस्य ।
वि.स २०४७ सालमा नेकपा मशालको रोल्पा जिल्ला समिति सदस्य
वि.स २०५० साल देखि पार्टीमा पूर्ण कालिन कार्यकर्ता ।
वि.स. २०५१ सालमा ने.क.पा. (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी ।
वि.स. २०५४ सालमा नेकपा (माओवादी) को क्षेत्रीय व्यूरो सदस्य
। वि.स २०५६ देखि २०६० साल सम्म नेकपा माओवादीको अन्र्तराष्ट्रिय विभागको जिम्मेवारी।
वि.स २०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य।
वि.स २०६४ सालमा नेकपा माओवादीको तर्फ बाट संविधान सभा सदस्य।
वि.स.२०७४ सालमा सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख स्वकीय सचिव।
वि.स २०६२ देखि २०६५ साल सम्म पार्टी अध्यक्ष क. प्रचण्डको प्रमुख स्वकीय सचिव।
वि.स. २०७२ देखि २०७८ सम्मअध्यक्ष क.प्रचण्डको प्रमुख स्वकीय सचिव।
हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य । बि.स.२०७९ लुम्बिनी प्रदेश सभा सदस्य पदमा निर्बाचित । नेकपा (माओवादी केन्द्र ) संसदीय दलको नेतामा चयन।
– बि .स २०७९मा लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री ।