प्रेस सेन्टर रुपन्देहीद्वारा विधागत पत्रकारिता तालिम सुरु
बुटवल, १९ चैत । बुटवल उपमहानगर पालिकाको आर्थिक सहयोग तथा प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजनामा सोमबारदेखि बुटवलमा विधागत पत्रकारिता विशेष पत्रकार क्षमता अभिवुद्धि तालिम सुरु भएको छ । रुपन्देहीमा कार्यरत प्रेस सेन्टर रुपन्देहीका सदस्य तथा सञ्चारकर्मीहरु सहभागीता रहेको उक्त तालिम ७ दिनसम्म सञ्चालन हुनेछ ।
तालिमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पत्रकारले स्थानीय सरकारले गरेको कामलाई प्रचारको माध्यमबाट सहयोग गर्न र अनियमितता र बिकृतीको बारेमा खोजी गरि जनतासंग पुर्याउनु पर्ने बताउनु भयो । उनले भने-” उपमहानगरपालिका गरेका राम्रो कामको पनि लेख्नुस, गलत भए पनि खरवदारी गर्नुस ।” उनले आफुले सस्तो लोकप्रियताका लागी काम नगरेको बताउदै दीर्घकालीन योजना अघि सारेको बताए । बुटवललाई सुन्दर, सफा र हरियाली बनाउने योजना सहित बुटवल उपमहानगर पालिका अगाडि बढेको मेयर पाण्डेले बताए । बुटवलको बजार व्यवस्थित गराउने उद्देश्यले सडक व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा बिकास गर्न हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन लगायता बिभिन्न अबधारणा सहित काम गरेको उनले बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) रुपन्देहीका संयोजक नारायण जिसीले पत्रकारिताको आचारसंहितामा रही समाचार सम्प्रेषण गर्ने अनुरोध गरे । पत्रकारले गरिव सर्वहारको पक्षमा कलम चालउनु पर्ने बिषयलाई जोड्दै पछिल्लो समय बढ्दै गएको कपिपेस्टका कारण पत्रकारिता पेशा नै धरापमा परेकोले यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले आफ्नो क्षमतालाई विकास गर्न जरुरी रहेको बताए ।
प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष बिष्णु पोखरेलको अध्यक्षता अम्बिका परियार, सचिब रमेश गैरेकोको संचालनमा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मान सिंह बिश्वकर्मा, बरिस्ठ पत्रकार मदनलाल पौडेल, केन्द्रिय सदस्य सरु राना लगायतले शुभकामना व्यक्त गरेका थिए । तालिममा बिभिन्न विधामा आधारित रही पर्यटन, राजनीति,कानुन, शिक्षा, फोटो पत्रकारिता, समावेशिता, संचार कानुन र न्यु मिडिया लगायतका बिषयमा तालिम संचालन हुने अध्यक्ष बिष्णु पोखरेलले जानकारी दिए ।