बुटवल । बिभेदकारी मुलुकी ऎन र राणा शासनको बिरोध गर्दा जेलमा रहस्यमयपुर्ण हत्या गरिएका सुकदेब गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ । साथै उहाँको सम्मानमा भैरहवामा राखिएको सालिक रहेको चोकलाई सहिद चोक घोषणा गर्न कार्यदलले गरेको मागलाई सम्बोधन गर्न पनि पहल गर्ने उहाँहरुको प्रतिबद्धता छ । सहिद सुकदेव राष्ट्रिय कार्यदल नेपालले आज बुटवलमा आयोजना गरेको सर्बपक्षिय सर्बदलिय अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले सुकदेब गुरुङलाई सहिद घोषणा गर्न पहिले देखि नै पहल गरिरहेको बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वले चाहदा चाहदै पनि कर्मचारीहरुको असहयोगले महत्त्वपूर्ण कार्य छुटेको उहाँले बताउनु भयो । कार्यदलका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षता तथा सचिब आशा गुरुङको संचालनमा भएको कार्यक्रममा तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष झपट बहादुर गुरुङ, जनता समाजबादी पार्टीका पोलिटब्युरो सदस्य नवीन सुनुवार, संविधान सभा सदस्य माननीय सोनिया यादव, नेपाली कांग्रेसका प्रदेश कोषाध्यक्ष प्रकाश राना, तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य झम बहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका सचिब मोजिव अलि, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सरद ओली, नेपाल समाजबादी पार्टीका केन्द्रिय सदस्य हरि घर्ती, नेकपा( माओवादी केन्द्र) रुपन्देहीका सचिब सन्त कुमार यादव आदिबासी जनजाति महासङ्घ लुम्बिनीका सचिब मनोज राना , मगर राष्ट्रिय मुक्ति मोर्चा रुपन्देहीका अध्यक्ष दान बहादुर घर्ती मगर , तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष बिमला गुरुङ लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । राजनीतिक दलका प्रतिनिधिहरुले सहिद सुकदेब गुरुङलाई राष्ट्रिय सहिद घोषणा गराउन गरिने सबै दबावमुलक कार्यलाई साथ दिने प्रतिबद्धता जनाएका थिए । उहाँहरुले सडक दुर्घटनामा ज्यान गुमाउनेहरु सहिदको सुची पर्ने तर देश र जनताको पक्षमा आवाज उठाउदा तत्कालीन तीन सरकारबाट हत्या गरिएका सुकदेबलाई सरकारले सहिद घोषणा गर्न नसक्नु बिडम्बना नै रहेको बताउनु भएको थियो ।