Nepali News Portal

माओवादी केन्द्रद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 

देउखुरी (दाङ ) । लुम्विनी प्रदेशमा काङ्ग्रेसलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिएको छ । माओवादी केन्द्रले सरकारमा सहभागी २ जना मन्त्रीलाई  आजै राजीनामा दिने निर्देशन दिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आजको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । संसदीय दलका नेता जोख बहादुर महराले बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनु भयो  ।  माओवादी केन्द्रले सरकारलाई  दिएको समर्थन फिर्ता लिएपछी  डिल्ली बहादुर चौधरी  नेतृत्वको सरकार अल्पमतमा परेको छ । संघमा बनेको सत्ता गठबन्धनका ४ दल मध्ये लुम्बिनी प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । ८७ सदस्यीय प्रदेश सभामा राप्रपाका सांसद जानकीप्रसाद यादव साझेदारी बनको काठ बिक्री  प्रकरणमा भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएपछि निलम्बनमा छन् । सभामुख सहित ८६ सांसद मध्ये सरकार बनाउन वहुमतका लागि ४४ सांसद चाहिन्छ । यहां सबैभन्दा ठूलो दल नेकपा एमालेका २९,माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका ३ सांसद छन् । तीन दलका सांसद संख्या ४३ मात्र हुन्छ । अर्थात वहुमत पुग्न एक सांसदको कमी हुने अवस्था छ ।

१० दलको उपस्थिति रहेको प्रदेश सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७,नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ (निलम्बित वाहेक), लोकतान्त्रिक समाजवादी पार्टीका ३,जनमत पार्टीका ३,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक जना सांसद छन् ।

स्वतन्त्र संासद खड्ग बस्नेत सहित साना दलहरुलाई मिलाएर  सुविधाजनक वहुमत पुग्ने नेकपा एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताए । चार दलको अहिलेको गठबन्धनमा अरु दल सामेल भएको अवस्थामा बहुमत  सहजै पुग्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.