Nepali News Portal

शिक्षा क्षेत्रमा सुधार गर्न राजनीतिक नेतृत्वको इच्छा शक्ति चाहिन्छ : सभामुख

राष्ट्रिय अभिभावक संघ लुम्बिनीमा खनाल 

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागी राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताउनु भएको छ ।

आज वुटवलमा आयोजित नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेश प्रथम अधिबेशनको उद्घाटन गर्नुहुदै उहाँले राजनीतिक इच्छा विना कुनै पनि काम अघि वढ्न नसक्ने बताउनु भयो । शैक्षिक  सुधारको लागि नेताहरुमा इच्छा शक्ति चाहिएको बताउनुहुदै उहाँले  त्यसको लागी निरन्तर खबरदारी दिन आवश्यक रहेको बताउनु भयो ।

उहांले भन्नु भयो–  “ गुणस्तरीय शिक्षाको लागी  नेतृत्वको सोच कहीलै देखिएन । माथीबाटै कुरा विग्रएको छ । राष्ट्को लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा नीतिको लागी तपाईहरुले संघ प्रदेशमा दवाव दिनै पर्छ ।”

उहाँले प्रदेशले नेपालको परिवेश अनुसार प्रदेश शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाउदै संघीय सरकारले शिक्षा ऐन छिटो ल्याएमा प्रदेशलाई बाटो खुल्ने बताउनु भयो । सभामुख घर्ती मगरले संघको लुम्विनी प्रदेशको नेतृत्वलाई अग्रिम बधाई दिदै शिक्षा क्षेत्रको विकासको लागी राज्यलाई नै घचघचाउने र खवरदारी गरिरहने नेतृत्वको नेपालको शिक्षा क्षेत्रले खोजीरहेको बताउनु भयो ।

संघका प्रदेश इन्चार्ज  पुर्णचन्द्र  पाण्डेको अध्यक्षता, हरि प्रसाद  रेग्मीको संचालनमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष कोष बहादुर जी. सी.ले संस्कार युक्त शिक्षाको आवश्यकता रहेकाले शिक्षामा ब्यावहारीक सीपयुक्त  नेपालको परिवेश शिक्षा नीति चाहिएको बताउनु भयो  ।

उहाँले शिक्षा ऐन निर्माणमा नेपाल रास्ट्रिय अभिभावक संघले सरकारलाई सुझाव दिएको र ८० लाख अभिभावकको भावनालाई कसैले कुल्चिएर जान नसक्ने बताउनु भयो ।

कार्यक्रममा बरिस्ट उपाध्यक्ष  सुन्दर बाबु श्रेष्ठ उपमहासचिव हरि भक्त महर्जन, केन्द्रिय सचिवालय सदस्य हरि प्रसाद कैरी, केन्द्रिय सदस्य पुर्ण चन्द्र  तिवारी, केन्द्रिय सदस्य गोबिन्द गौतम, संघका गण्डकी प्रदेश अध्यक्ष  कलाधर भट्ट, निबृत रास्ट्रसेवक समाज रुपन्देहीका कोषाध्यक्ष लक्ष्मण ज्ञवाली, लुम्बिनी  प्रदेशका इन्चार्ज राम बहादुर रायमाझी  लगायतले सम्बोधन गर्नु भएको थियो ।

मन्तव्य व्यक्त गर्नु हुने अभिभावक संघका पदाधिकारीहरुले गलत शिक्षा  नितिका कारण बिद्यार्थी बिदेश पलायन भएको बताउनु भयो  । उहाँहरुले शिक्षा क्षेत्रमा देखिएको अन्योलताको अन्त्य गर्न  संघीय्् सरकार र प्रदेशले शिक्षा सम्बन्धि ऐन छिटो ल्याउनु  पर्ने  बताउनु भयो ।   विद्यार्थी बिदेश जानुको कारण खोज्नु पर्ने  बेला आएको अभिभावकहरुको भनाइ छ ।  उहांहरुले शिक्षामा पूर्वीय मुल्य मान्यतामाथी नै हस्तक्षेप भएको बताउदै नेपालको परिवेश अनुसार शिक्षा नीति बनाउनु पर्नमा जोड दिनु भयो ।

राष्ट्रिय अभिभावक संघ लुम्बिनीमा खनाल

यसैविच नेपाल राष्ट्रिय अभिभावक संघ लुम्विनी प्रदेशको प्रथम  अधिवेशनले थानेश्वर खनाल (कपिलवस्तु)को अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा  देवराज मल्ल (दाङ्ग), उपाध्यक्षमा दिल कुमारी मल्ल (रुकुम पूर्व), सचिवमा हरि प्रसाद रेग्मी (रुपन्देही), सह–सचिवमा शिवकला वि.क.(अर्घाखांची), कोषाध्यक्षमा कमल भट्टराई (पाल्पा), सह–कोषाध्यक्षमा बाल कुमारी रास्कोटी (गुल्मी), रहनु भएको छ ।

 त्यसैगरी सदस्यहरुमा देवीराम थारु (बांके), भोज प्रसाद आचार्य (कपिलवस्तु), कमलप्रसाद घिमिरे (अर्घाखांची), विनवहादुर गौतम (गुल्मी), तुलाराम खड्का (रोल्पा) र खड्ग बहादुर कौसल ( रुपन्देही) चयन हुनु भएको निर्वाचन  अधिकृत मेघराज खनालले जानकारी दिनु भयो । केही सदस्य पछी थप गर्ने बताईएको छ ।

त्यसैगरी तिन सदस्यीय  सल्लाहकार समिति पनि गठन गरिएको छ । नव निर्वाचित सचिव हरि प्रसाद रेग्मीका अनुसार सल्लाहकार समितिमा तेजवहादुर गौतम, भोज प्रसाद पाण्डे र जस्मीन पौडेल रहनु भएको छ ।  नवनिर्वाचित पदाधीकारीहरुलाई संघका केन्द्रिय अध्यक्ष कोष बहादुर जी.सीले सपथ ग्रहण गराउनु भयो भने निर्वाचन समितिका अधिकृत मेघराज खनालले प्रमाणपत्र र बुटवल कालिका  क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा लगायतले नव निर्वाचित पदाधीकारी सदस्यहरुलाई वधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.