Nepali News Portal

१० हजार मेगावट विद्युत निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् ।

रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा पुगेका प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको भेटपछि नेपालको विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका हुन् ।
‘वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको छ’, उनले भने ।

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेर प्रधानमन्त्री रामेछाप पुगेका हुन् ।

नेपाल र भारतका उर्जा सचिवहरूले दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज बिहीबार नै हस्ताक्षर गरेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.