Nepali News Portal

साहित्यिक चौतारी मा रचनावाचन

बुटवल । साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखाको आयोजनामा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा बोल्दै प्रमुख अतिथि डा. श्यामप्रसाद न्यौपानेले साहित्य प्रवर्द्धन मा साहित्यिक चौतारी नेपाल लागिपरेको देख्दा खुशी व्यक्त गर्दै कुनैपनि साहित्यकारले आफ्नो सिर्जनामा निखार ल्याउन निरन्तर अभ्यास, अध्ययन गरिरहनुपर्ने , कविहरूले रचना गर्दा रचनाको मर्म, भाव र शिल्पलाई जोड दिँदै जानुपर्ने बताए । अतिथी काजी रोशनले साहित्य वाचन गरेर मात्रै साहित्यकार हुन नसक्ने साहित्य प्रबर्द्धन का लागि गहन अध्ययन हुनुपर्ने साहित्यिक चौतारी नेपाल मार्फत बुलन्द पार्नुपर्ने बताउदै शुभकामना ब्यक्त गरे।
अध्यक्ष डिआर न्यौपानेको अध्यक्षता ,उपाध्यक्ष सुनिता प्रतिबिम्बको स्वागत, सचीव रमा जैसिको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नारायण प्रसाद भण्डारी ,सरु ज्ञवालि , बिमल खरेल, सुरज गिरी, अन्जली पान्डेय, मनोज ज्ञवाली, अ्म्बिका अर्याल, भगवती पान्डेय, कमला भन्डारी ढकाल, अर्जुन अर्याल, नारायण प्रसाद भन्डारी, मनोज भुसाल, बिस्नु पोखरेल लगायतले आफ्नो रचना वाचन गरेका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.