भैरहवा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताको प्रबर्द्धन गर्नु पर्नेमा जोड दिएका छ । उनले शासन ब्यवस्थाप्रति नकारात्मक सन्देश दिने गरि टीका िटप्पणि नगर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा सघाउन पत्रकारहरुलाई आग्रह समेत गरे । शासन प्रणाली आफैमा नराम्रो नरहेको बताउंदै सभामुख घर्तीले नेपालमा संघीयताको विषयमा अझै टीकाटिप्पणी गर्ने समय नभएको बताए । ” केन्द्रीकृत शासनलाई घर घरसम्म पुर्याउने शासन नै संघीयता मुल कुरा हो यसलाई हुर्काउन सबैले साथ दिनु पर्छ । ” लुम्बिनी प्रेस क्लबको ९ औं स्थापना दिवस कार्यक्रममा बोल्दै सभामुख घर्तीले भने -” नेपालको संघीयताको मोडल नेपाल र जर्मनमा बाहेक अन्त कुनै देशमा छैन । चिनमा एकात्मक शासन प्रणाली छ । भारतमा दुई तहको शासन प्रणाली र नेपालमा तीन तहको संघीयता शासन प्रणाली छ । यो नयाँ र नौलो शासन ब्यवस्था हो ।” नेपालको बिकासको बाधक दलका नेता हुन भनेर सबैलाई नमुच्छन उनले पत्रकारलाई आग्रह गरे । “सोलोडाेलो आरोप लगाएर हुँदैन , किटान गरेर भन्नुस त्यो स्वीकार गर्नुपर्छ । सबै खराव भए भनेर राजनीतिलाई बितृष्णा गर्ने कार्य राम्रो होइन । ” उनले भने । – “सबै नेता सबै कर्मचारी , सबै पत्रकार खराब छैनन् ।”
सभामुख घर्ती मगरले समाजमा ३ थरिका मान्छे भएको तर्क गरे । एक थरिले देशको बारेमा बुझछन जे दियो त्यो सम्हाल्छन । अर्को मान्छे गतिला इमानदारी तर भनेर गर्ने नभने नगर्ने खालका छन । दोस्रो अटेरी छन । पहिलो जिम्मेवारी, दोस्रो आज्ञाकारी, तेस्रो अटेरी खालका मान्छे भएको र अहिले अटेरी खालको ट्रेन हाबी भएको सभामुख घर्तीको तर्क थियो ।
लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रप्रकास गुप्ता (सिके) ले विकसित मुलुक बनाउन आजैबाट सुरुवात गर्नुपर्ने बताए । कुनै नेताले राम्रो गर्न सके त्यही पार्टीबाट असहयोग हुने उनको तर्क थियो । सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामा चिन्ता भएका कारण आज युवा पलायन भएको बताए । प्रदेश सरकारलाई अधिकार नै नदिएको बताउंदै नेपाल भनेको काठमान्डु मात्रै हो भन्ने मानसिकता बिकास भएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागी सवैले मिलेर काम गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिका पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथि कोरुपमा व्यवहार गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताए ।
सन्चारकर्मीलाइ संघियता अझै नआएको तर्क गर्दै सानो कामका लागि राजधानी जानुपर्ने बाध्यता रहेको बताए । लुम्बिनी प्रदेशमा सन्चारका कानुन नबन्दा संघियताको महसुस पत्रकारलाई नभएको बताए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुनेमा सचेत नभएको बताए ।
लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिलरुपमा सन्चार यात्राको कार्यमा कृयाशील भएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले सामुहिकरुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्व लिनुपर्ने बताइन् ।
उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीति बनाउनु पर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब पत्रकारका हक हितका निम्ति सदैब तत्पर रहेको बताए ।
यसैगरी लुम्बिनी प्रेस क्लबले ९ औं स्थापना दिवसको अबसरमा लुम्बिनी प्रेस रत्न २०८० अवार्डबाट २५ हजार नगद राशी सहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्टियल अवार्डबाट प्रेस क्लबका पुर्ब अध्यक्ष दिपेश पछाइलाई ११ हजार नगद राशी सहित सम्मानित गरेको छ ।
लुम्बिनी प्रेस क्लबले भैरहवाबाट लुम्बिनीसम्म गरेको मौन पद यात्रामा भैरहवा देखि लुम्बिनी सम्म पुगेका ब्यक्तिहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।
You might also like