बुटवल। नेपाली खेलकुद ब्यवसायीकरण नहुदा विकासको गति लिन नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले गुनासो गरेका छन । स्कलर्स होम बोर्डिङ स्कुलको ३२ औ स्थापना दिवसमा बोल्ने बक्ताहरुले नेपाली खेलकुदलाई ग्रासरुटबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन ।
कार्यक्रमको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै शिक्षा क्षेत्रमा स्कलर्सको योगदानको चर्चा गरे । बहुआयामिक तहबाट विद्यालय अघि बढेको उनले बताए । विद्यालय केवल शैक्षिकमात्र नभई खेलकुदका हरेक पक्षलाई जोडेर अघि बढाउन सफल हुदा राष्ट्रिय टिमबाट खेल्न सक्ने तयार भएको उनले बताए । विद्यालयको दायरालाई बढाउने गरि अन्य विद्यालयसंग सहकार्य गर्न सफल हुनेमा आशावादी रहेको बताए। खेल क्षेत्रलाई अतिरिक्त क्रियाकलापका रुपमा ब्याख्या गरिन नहुने भन्दै यो अनिवार्य भएको बताए । नेपालमा खेलकुद ब्यवसायिकरण हुन नसकेको उनले दुखेसो गरे । विद्यालयस्तरबाट नै विकास गर्ने गरि योजना अघि बढाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा पूर्व प्रजिअ टेक बहादुर थापाले आफू निरन्तर विद्यालयहरुसंग जोडिएको बताए । सिमीत श्रोत साधनलाई उपयोग गरि समयसापेक्ष प्रविधिमैत्री शिक्षा दिनुपर्ने अवस्था सृजना भएको भन्दै यसमा स्कलर्स होम सफल भएको उनले बताए । शैक्षिकसंगै अन्य गतिविधिमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए ।
कार्यक्रममा स्कुलका प्राचार्य बाबुराम बन्जाडेले विद्यालय देशकै शिक्षामा महत्वपूर्ण योगदान दिन सफल भएको बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पूर्व प्रजिअ टेक बहादुर थापा, विद्यालयका सल्लाहकार भुवाप्रसाद लुईटेल, प्रदिप आचार्य, एम्स कलेजका क्याम्पस चिफ दिपक ढकाल, एम्स कलेजका म्यानेजिङ डाईरेक्टर गोपाल प्रसाद न्यौपाने, स्कुलका अध्यक्ष मनहरी बश्याल, लोक बहादुर भण्डारी ९राजु० ले वर्षभरि विद्यालयमा शैक्षिक, खेलकुद, नृत्य, गायन लगायत गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
यसैबिच २०७९ को परिक्षामा उत्कृष्ट र सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। यसैगरि एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु रिवाज भण्डारी, एन्जीला पौडेल, देविका बस्नेत, शिशिर खनाल र प्रमिता पाण्डेका साथै १२ कक्षामा उत्कृष्ट नतिजा ल्याउने देनान्स अर्याल, ईस्ताफ अन्सारी, रोशन गौचनलाई सम्मान गरिएको छ।
यसैगरि उच्च शिक्षाका लागि चिकित्सकशास्त्र आयोगबाट मेडिकल शिक्षामा एमबिबिएसमा नाम निकालेका ललित घर्ती, ब्याचलर ईन डेन्टल सर्जरीमा नाम निकालेकी मधु राना, फार्मेसी निर्जना चौधरीलाई सम्मान गरिएको छ ।