Nepali News Portal

देबदह मिडिया कपको तयारी

देवदह । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको मिडिया कप देवदहमा हुने भएको छ । देवदह प्रेस क्लबको आयोजनामा यहि मङ्सिर १५ देखि १७ गतेसम्म देवदहमा प्रथम देवदह मिडिया कप फूटबल प्रतियोगिता हुन लागेको हो ।

सोमबार देवदहको चरङ्गेमा पत्रकार सम्मेलन गर्दै देवदह प्रेस क्लबले खुल्ला नक आउट ‘७ए साइड’ फूटबल प्रतियोगिता बारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष विष्णु पोखरेलले स्वास्थ र स्वस्थ पत्रकारिताको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको बताए ।

“अब खेलकुद पेशेवर खेलाडीको बिषय मात्र रहेन” अध्यक्ष पोखरेलले भने, “स्वस्थ जीवनको लागि खेल्कुद अपरिहार्य बनीसक्यो, पत्रकारको स्वास्थ्य र स्वस्थ पत्रकरिताको लागि सर्वाधिक पुरस्कार राशीको मिडिया कप आयोजना गरिएको हो ।”

देवदह ५ खैरेनीस्थित पानबारी खेल मैदानमा हुने प्रतियोगितामा विजेता हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । जुन लुम्बिनी प्रदेशमै हालसम्मको सबैभन्दा ठूलो पुरस्कार राशी रहेको आयोजकको दाबी छ ।

त्यसैगरी प्रतियोगितामा उपविजेता हुने टिमले नगद ३१ हजार एक सय एघार रुपैयाँ रुपैयाँ नगदसँगै ट्रफि मेडल प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

लुम्बिनी प्रदेशभित्र क्रियाशिल पत्रकारहरूको बिचमा मैत्रीपुर्ण सम्बन्ध स्थापना तथा देवदहको पर्यटकीय क्षेत्रको प्रचार कार्यमा समेत मिडिया कपले सहयोग पुग्ने जनाइएको छ ।

३३ सदस्यीय मूल आयोजक समिती र उपसमिती गठन

क्लबले खेल सम्पन्न गर्नका लागि ३३ सदस्यीय मूल आयोजक समिति तथा विषेश समिति र उपसमिति बनाएर जिम्मेवारी बाडफाड समेत गरिएको सचिवालय व्यवस्थापन समितिका संयोजक निर्मल एसपी थापाले जानकारी दिए ।

जस अन्तर्गत संस्थाका अध्यक्ष बिष्णु प्रसाद पोखरेल संयोजक र उपाध्यक्ष कमला अर्याल सहसंयोजक रहेको मूल आयोजक समिति, सल्लाहकार पवन पौडेलको संयोजकत्वमा सचिवालय निर्देशन, सचीव निर्मल एसपी थापाको संयोजकत्वमा सचिवालय तथा प्रचारप्रसार, कोषाध्यक्ष मीन रानाको संयोजकत्वमा आर्थिक, व्यवस्थापन/संकलन, सल्लाहकार राम बहादुर गुरुङको संयोजकत्वमा मिडिया हाउस समन्वय, सल्लाहकार गोविन्द बहादुर घर्ती मगरको संयोजकत्वमा संघ संस्था, वडा पालिका समन्वय समिति गठन गरिएको थापाले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.