Nepali News Portal

उपमन्यु गोत्रीय पन्थ / पन्त समाजको भेला सम्पन्न

बुटवल । गुल्मी जिल्ला साविक हर्दिनेटा गाविस हाल छत्रकोट / खर्ज्याङमा जन्म वा पैत्रिक सम्बन्ध भई विभिन्न पेशा र व्यवसायका क्रममा स्थायी वा अस्थायी रूपमा बसाइँ सराइ गरी रुपन्देही / नवलपरासी / कपिलवस्तु जिल्लामा बसोबास गर्दै आउनु भएका पन्थ / पन्त परिवारहरूका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू‌का बीचमा पारिवारिक भेटघाट गर्ने उद्देश्यले बृहत् भेटघाट कार्यक्रम सनिवार शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा सम्पन्न भएको छ । उक्त भेलाले खुमानन्द पन्थको अध्यक्षतामा ९ सदस्यीय तद‌र्थ समितिसमेत गठन गरेको छ। समितिको उपाध्यक्ष डिल्लीराज पन्थ, सचिव नवराज पन्थ , सहसचिव पिताम्बर पन्थ, कोषाध्यक्ष छविलाल पन्त र सदस्यहरूमा क्रमशः गीता भण्डारी पन्त, विमला पन्त पाण्डे , खिमलाल पन्थ र मेघराज पन्थ रहनु भएको छ ।
उक्त भेलाले तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाहकारहरूमा राजेन्द्रप्रसाद पन्त ,
डा. नारायणप्रसाद पन्थ र घनश्याम पन्त रहनु भएको छ ।
खुमानन्द पन्थको अध्यक्षता, पिताम्बर पन्थको सञ्चालन, नवराज पन्थको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा डा. नारायणप्रसाद पन्थले स्वागत मन्तव्यसहित कार्यक्रमको पृष्ठभूमि र औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
राजेन्द्रप्रसाद पन्तले पन्थ/ पन्तहरुको एतिहासिक पृष्ठभूमि: विगत र वर्तमान अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा डिल्लीराज पन्थ, घनश्याम पन्तलगायतले गुल्मी हर्दिनेटा / खर्ज्याग, दिगामलगायत विभिन्न स्थामा रहनु भएका उपमन्यु गोत्रीय पन्थ / पन्त परिवारले लेखाइको क्रममा दुबै रूप प्रचलमा आए पनि एउटै भएको सन्दर्भमाथि प्रकाश पार्नुभयो ।
परिचयात्मक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा २०८० मा दिवङ्गत व्यक्तित्वसहित भर्खरै असामयिक र अकल्पनीय निधन भएकामा कमला पन्थ भण्डारीको स्मरणमा एक मिनेट मौनप्रार्थना गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.