Nepali News Portal

सहकारीले सदस्यको बिश्वास जित्नु पर्छ : अधिकारी

सहकारीको भिडमा आवाज बचत तथा ऋण सहकारी संस्था लि. आफ्नो छुट्टै पहिचान बनाउन सफल सहकारीको रुपमा परिचित छ । बुटवल उप–महानगरपालिका वडा नं ६ नेपालगंज रोडमा कार्यालयमा रहेको यो सहकारी प्रदेश स्तरीय सहकारी हो । आज भन्दा १४ वर्ष अघि  विभिन्न पेशा व्यवसायमा संलग्न युवाहरुको संयुक्त प्रयासबाट सहकारी स्थापना भएको हो ।  बार्षिक साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष जिवन प्रसाद अधिकारीसंग गरिएको कुराकानीको सम्पादीत अंश : सं.

१)आवाज सहकारिको कारोबारको अवस्था के छ ? पुजिगत अवस्था कस्तो छ ?

आवाज बचत तथा ऋण सहकारी संस्था सदस्यमा केन्द्रित भै सहकारीको सिद्धान्त अनुसार संचालन भएको सहकारी हो । बुटवल उपमहानगरपालिका वडा नं ६ नेपालगंज रोडमा कार्यालयमा रहेको यो सहकारी प्रदेश स्तरीय सहकारी हो । सहकारीको कुल पुजी अथवा सम्पत्ती रु २२ करोड ५० लाख रहेको छ । जसमा शेयर पुंजी ३ करोड, जगेडा कोष ९० लाख र अन्य कोष, अन्य कोष ४० लाख, सस्थागत पुंजी  १ करोड २० लाख रहेको छ ।

२) एउटा सहकारीले पूरा गर्ने इण्डिकेटर आवाजमा सहि छन ?

एउटा सफल सहकारीमा हुनुपर्ने सबै इन्डीकेटर पुरा छ । यो विषम परिस्थितीमा सबै इन्डीकेटर पुरा हुनु सामान्य कुरा होईन । पल्सको मापदण्ड अनुसार मापन गरिएको छ ।

३) सहकारीहरु सहकारी सिद्धान्त र मान्यता अनुसार चलेका छैनन्  भन्ने आरोप  छ नि,तपाईं के भन्नुहुन्छ ?

सहकारी शिद्धान्त नीति अनुसार नै सहकारी संचालन हुने हो । सरकारी मापदण्ड अनुसार चलेका छन की छैनन भन्ने कुरा हेर्न नियमन गर्ने सरकारी संयन्त्र छ । सहकारी मान्यता विपरित जाने भन्ने कुरा असम्भव हो । किन की सहकारी शिद्धान्त र मान्यताहरुलाई एकातिर राखी सहकारी संचालन गर्दा त्यहा विकृती देखिन्छ । आर्थिक पाटो भनेको निकै संवेदनशिल कुरा हो । बचत कर्ताको पैसा यता यता गर्ने वित्तिकै कारवाहीको भागेदार बन्नै पर्छ  ।

वास्तबमा अन्तरास्ट्रिय सहकारी महासंघले निर्देशित गरेका मापदण्ड अनुसार सात वटा सिद्धान्त र मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अति ब्यबस्थित रुपमा चलेका सहकारीहरु समस्या हुदैन तर सहकारी को सिद्धान्त र मुल्य, मान्यता अनुरुप नचलेका सहकारीहरुलाई अत्यन्तै गारो परिराखेको छ ।

४) अहिले सहकारीहरुमा देखिएको विकृतिबाट यो सहकारीमा कस्तो प्रभाव परेको छ ?

केही सहकारीमा देखिएको विकृतीका कारण अन्य सहकारीमा प्रभाव पर्नु स्वभाविक नै हो । केही सहकारीहरुमा बिकराल समस्या देखियो र भागा भागको स्थिति छ । आर्थिक कारोवार गर्ने सहकारी वचत कर्ताको पैसा नदिएर भाग्यो भन्ने समाचार आईरहेका छन । यसले समग्र सहकारी अभियानमा असर पु¥याएको छ । तर हाम्रो सहकारीमा त्यसको कुनै पनि प्रभाव परेको छैन । हाम्रा सदस्यहरुलाई बुुझाउन केही समय लाग्यो ।  स्थापना कालदेखी राम्रो लाभान्स विवरण भईरहेको छ । यसले सदस्यहहरुको विश्वास जितेको छ । शेयर सदस्यहरुको अटुट माया, कमचारीहरुको कामप्रतिको लगाव र संचालकको अहम भुमिकाले गर्दा हाम्रो सस्थामा कुनै समस्या छैन ।

५) सहकारीलाई विश्वसनीय बनाउन के गर्नुपर्ला ?

सहकारी सदस्यहहरुको विश्वासको आधार नै भएकाले विश्वास दिलाउने र सोही अनुसारको आर्थिक कारोवार गर्ने महत्वपूर्ण कुरा हो । विश्वास दिलाएर नै बचत गर्ने र  विश्वासको आधारमा लगानी गर्ने हो । सहकारीका मुल्य मान्यता अपनाउदै पारदर्शीता कायम गराउन सकियो भने विश्वास जित्न सकिन्छ ।

सहकारीलाई बिश्वसनीय बनाउन सहकारी सस्थाहरुले गर्ने बिकृतीहरुलाई नियमनकारी निकायले नियमित नियमन गर्नु पर्छ । सदस्य केन्द्रिय रहेर सदस्यको भावना बुझुने र  नियम संगतसस्थालाई लैजादा सदस्यहरुको पनि विश्वास जित्न सकिन्छ ।

६) सहकारीमा शेयर सदस्य अस्थिर छ्न, सदस्य सख्या घटेको सुनिन्छ किन होला ?

हाम्रो सहकारीको हकमा यो लागु छैन । आवाजमा शेयर राख्नको लागि शुरुको दिनमा हानथाप नै भयो । अहिले पनि शेयर सदस्यहरु प्रत्येक महिनामा थपिएका थपियै हुनुहुन्छ । ग्रामिण क्षेत्रमा भईरहेको शहरीकरण आदीका कारणले केही सदस्यहरु आफ्नो व्यापार व्यवसायी स्थानान्तरण गर्नु भएको छ । उहांहरु सदस्यबाट निक्लनु भएको पनि छ तर थपिने रेसियो पनि उस्तै छ । यो अबस्थामा सदस्य अलि अलि घट्नुलाई त्यति धेरै नकारात्मक लिनु हुदैन ।

७)आवाज बचत तथा ऋण सहकारी नै रोज्नुपर्ने कारण के छ्न ?

आवाज सहकारी रोजाईमा पर्नुको कारण छ– नियमसंगत चल्नु, सहकारीको मुल्य मान्यतालाई आत्मसाथ गर्नु र पारदर्शी कारोवार । आधुनीक तथा प्रविधिमैत्री सेवा सुविधा प्रदान गरिएको छ । वचतमा राम्रो व्याजदर दिएका छौं । लगानीमा अरुले भन्दा कम व्याजदर लिएका छौं । सरल कर्जा, शेयरमा उचित मुनाफा  यी कारणले आवाजमा सदस्यहरुको रोजाईछ । संचालक र कर्मचारीहरुको इमान्दारीताले पनि यसमा प्लस गरेको छ ।

८) १४ औं बार्षिक साधारण सभामा आईपुग्दा भावी योजना के छन ?

सदस्यहरुलाई उच्चतम प्रतिफल दिने । कोषहरुलाई वृद्धि गरी सहकारीलाई अझै मुजवुद बनाउदै सदस्यहरुको सेवा सुविधाहरुलाई अझै परिस्कृत गर्दै लैजाने योजना बनाएका छौं । बचतका केही नयां स्कीमहरु अघि सारेका छौं । सदस्यहरुलाई सन्तुष्टी दिनु नै हाम्रो उदेश्य हो ।

अन्त्यमा, आवाजको वारेमा सर्वसाधरण र सदस्यहरुकोमा पु¥याउने माध्यमको रुपमा स्थान दिनु भएकोमा तपाईहरुलाई धन्यवाद दिन चाहन्छ । म सबै सहकारीका सबै शेयर सदस्यहरुलाई के भन्न चाहन्छु भने सहकारीलाई राम्रो बनाउने हात तपाईहरुको पनि हो । शेयर सदस्य बनि सके पछि साधारण सभामा मात्र पुग्ने होईन । सहकारीमा आफ्नो कारोवारसंगै सहकारीले के गरिरहेको छ त्यो वारेमा पनि जानकारी राखिरहनु पर्छ भन्ने सुझाव समेत दिन चाहन्छु ।

प्रस्तुति : सुनिता चुदाली

You might also like
Leave A Reply

Your email address will not be published.