बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिति सदस्य गणेशमान पुनले संघीयतालाई आर्थिकसंग मात्र जोडेर हेर्न नहुने बताएका छ्न । संघीयतालाई आर्थिक दृष्टिकोणबाट नहेरी सेवा डेलीभरीको दृष्टिकोणबाट हेरिनु पर्ने उनले बताए । जनतासंग माओवादी रुपान्तरण अभियानको क्रममा आज बुटवलमा आयोजना गरिएको पत्रकार भेटघाटमा नेता पुनले संघात्मक ब्यवस्थाले जनताको सेवामा प्रभावकारी काम गरेको बताए । “यसलाई आर्थिकसंग मात्र जोडेर हेरिनु हुँदैन , जनताको सेवा संग जोडेर हेर्नुस् , संघ प्रदेश र स्थानीय तहले संबैधानिक रुपमा काम गर्नु भएको छ ।” उनले भने -पहिले पनि खर्चालु थियो तर सर्भिस डेलिभरी भएको थिएन र त नयाँ ब्यवस्था आयो ।” उनले संघीयताको प्राक्टिस अझै नपुगेको बताउदै सुदृढीकरण जरुरी रहेको बताए । उनले भने – महगो भयो प्रदेश हटाउनु पर्छ भन्ने कुरा सहि होइन , समग्रबाट यसलाई हेरिनु पर्छ । ” स्थानीय तहलाई अझै अधिकार सम्पन्न बनाउनु पर्ने बताउदै पुर्ब मन्त्री समेत रहेका पुनले संघ र प्रदेशले सहजीकरणमा ध्यान दिनु पर्ने बताए । शिक्षा , स्वास्थ्य जस्ता आधारभुत कुराको सेवा प्रबाहलाई चुस्त बनाउदै जनताको माग र आवश्यकतामा तीन तहको ध्यान दिनु पर्ने उनले बताए । उनले सरकारले सामाजिक न्याय र सुशासन कायम गर्न गरेको प्रयासले जनतामा आशा पलाएको बताए । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको दुई देशको भ्रमणले एक आपसमा सम्बन्ध सुदृढीकरण भएको उनको भनाइ छ । माओवादी केन्द्रले सुरु गरेको रुपान्तरण अभियानले गाउँ गाउँमा जागरण र जनतामा उत्साह आएको बताए । उनले सबै पार्टीलाई जनतासंग जोडिएर काम गर्न जनताले सुझाव दिएको र माओवादी केन्द्रले सुरुवात गरेकाले जनतामा उत्साह जागेको उनको भनाई छ । ” जनता सङ्ग सम्बन्ध टुट्यो आउनुस भन्ने उहाँ (जनता ) सुझाव थियो , त्यसैलाई हामीले सम्बोधन गरेका हौं । उनले भने । जिल्ला संयोजक नारायण जिसिले संचालन गरेको पत्रकारभेटघाट कार्यक्रममा रुपन्देही जिल्लामा खटिएका केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।