बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले श्रमिक मजदुर बर्गको हितमा ऎन कानुन निर्माण गर्न पहल गर्ने बताएका छ्न । बैज्ञानिक समाजबादमा मात्र उत्पीडित बर्गको अधिकार स्थापित हुने बताउदै सभामुख घर्ती मगरले नेपालले संविधानमै त्यसको परिकल्पना गरेको बताए । अहिलेको संविधान तुलनात्मक प्रगतिशील भएको बताउदै उनले संविधानमा उल्लेख भएको समाबादबाट नेपाल अघि बढ्ने बताए । बिश्व ट्रेड युनियन महासङ्घको ७८ औं स्थापना दिवसको अवसरमा बिश्व ट्रेड युनियन लुम्बिनी प्रदेश समन्वय समितीले आज बुटवलमा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले समाजबादी क्रान्तिबाट मजदुर बर्गको हक अधिकार स्थापित हुने भएकाले त्यस तर्फ अघि बढन अपिल गरे । समाजबादि आन्दोलन कम्युनिष्ट पार्टीले मात्र गर्न सक्ने भएकाले सबै कम्युनिष्ट पार्टी एक भएर त्यसको तयारी गर्नु पर्ने बताए । उनले कम्युनिष्ट पार्टी जनताको नजिक भइ जनताको समस्या बुझ्नै पर्ने बताए । कम्युनिष्ट पार्टीमा सोच , बिचार र व्यबहारमा संकृणता आएकाले जनताको समिपमा आउन नसकेको उनको भनाइ छ। अन्तरकृयामा राजनीति दल संग सम्बन्धित कर्मचारी संघ संगठनका नेताहरुले माध्यमिक शिक्षा ऎन र श्रम ऎनमा ट्रेड युनियन अधिकारलाई स्वीकार नगरेकोले सरकारलेबनाउने नीतिनिर्माता र ऎन कानुन नै कर्मचारी मैत्री नभएको गुनासो गरेका छ्न । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकाले मजदुर बर्गको आन्दोलन पनि ओझेलमा परेको बताए । आधुनिक प्रबिधिले ठुलो बेरोजगार सिर्जना गर्ने तर्फ ध्यान दिनु र विकल्पहरुको खोजी गर्नु पर्नेमा जोड दिए । असमान बितरण प्रणालीले धनी र गरिबको दुरि बढेको र यस्ले बिश्वलाई प्रभाबित बनाएको बताउदै उनले ट्रेड युनियन आन्दोलनलाई अझै सशक्त बनाउनु बताए । नेकपा क्रान्तिकारीका नेता राजु भुजेल बर्ग संर्घषलाई समन्वयमा लगि टुंगो लगाउदा श्रमजिबी बर्गको अधिकार स्थापित हुन नसकेको बताए । रास्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार बद्रे आलमले प्रमुख अन्तर बिरोध साम्राज्यवादि संग भएको बताउदै यसको चरित्र नाफामा मात्र हुने बताए । उत्पादनको योगदान दिने मजदुर वर्गलाई त्यसको प्रतिफलमा सरोकार नराख्ने साम्राज्यवादिको चरित्र हुने उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) केन्द्रिय सदस्य सिद्धीचरण भट्टराईले कम्युनिष्ट आन्दोलनको अवस्था र नेपाली समाजको अवस्थाको बिस्लेषण गरेपछि मात्र दलाल पुजिबादसंग लड्न सकिने बताए । धनी र गरिबको दुरि बढदै जादा ट्रेड युनियन आन्दोलन अझै फराकिलो बनाउनु पर्ने उनले बताए । फिजेका नेपाल प्रतिनिधि गुणाकर भट्टराईले ट्रेड युनियन अधिकारको लागि सबै कम्युनिष्ट बिचार राख्ने कर्मचारी र मजदुर एक जुट हुन आवस्यक रहेको बताए । नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रिय सचीव कृष्ण कुमार बन्जाडेले कर्मचारीलाई मजदुर दासको हेर्ने कम्युनिष्ट पार्टीमा रहेको बताउदै त्यस प्रकारको सोच र प्रवृत्ति त्याग गर्न आवस्यक रहेको बताए । पेशागत महासंघका रुद्रलाल उपाध्याय, अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य भिमलाल काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल ट्रेड युनियन महासंघ समन्वय समिती नेपालका महासचिव लोकराज भुसालले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन कर्मचारी संगठनका लुम्बिनी प्रदेश इन्चार्ज मीन प्रसाद ज्ञवालीले गरेका थिए ।