Nepali News Portal

लुम्विनी प्रदेशमा मनाईयो संविधान दिवस ( थप तस्वीरहरु सहित)

देउखुरी (दाङ) । लुम्विनी प्रदेश सरकारले संविधान दिवस २०८० प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा वुधवार विहान मनायो । प्रदेश प्रमुख अमिक सेरचनको प्रमुख आतिथ्यतामा भएको समारोहमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संविधान र संघीयता कार्यान्वयनमा संघ अझै जिम्मेवारी हुनु पर्नेमा जोड दिए ।
लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्य संरचनाका तिनै तह गम्भिर र जिम्मेवार बन्नु पर्ने बताए । गृहमन्त्री सन्तोष पाण्डेयले संविधानले सवैको भावना प्रतिनिधित्व गरेका र यो समय सापेक्ष थप परिमार्जन हुने बताए ।
प्रदेश सभाको परिषरमा मनाउन लागिएको समारोह राती पानी परेपछि लुम्विनी सभाहलमा सारिएको थियो । समारोहमा विभिन्न समुदायको झाकी प्रस्तुत गरिएको थियो । यस अघि प्रभातफेरी गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.