Nepali News Portal

जगदिशपुर तालमा प्राणीशास्त्रीहरुको भेला 

बुटवल । कपिलबस्तुको जगदिशपुर तालमा प्राणीशास्त्रहरुको भेला हुने भएको छ । नेपाल जियोलोजिकल सोसाइटी लुम्बिनीको आयोजनामा हुन लागेको भेलामा प्रदेशका प्राणी शास्त्रीहरु सहभागी हुने छन्। जैविक विविधताको अध्ययन, अनुसन्धान, संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले भेला आयोजना गरिएको नेपाल जुलोजिकल सोसाइटी लुम्बिनीका अध्यक्ष बाबुराम बन्जाडेले जानकारी दिए ।
जगदिशपुरको होम स्टेमा भएको कार्यक्रममा जियोलोजिमा विद्यावारिधि गरेका र स्नातकोत्तर उपाधि हाशील गरेका जियोलोष्टिहरुसँग त्रिवी प्राणी शास्त्र केन्द्रीय विभाग प्रमुख, त्रिविकै विज्ञान तथा प्रविधि विषयका सहायक डिन, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन, आइयुसीएनका सदस्य, डब्लुडब्लु एफ का निर्देशक, लुम्बिनी पर्यटन परिषदका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागीता रहने छ ।
विहान जगदिशपुर तालम चरा हेर्ने कार्यक्रम छ । ९ बजे औपचारिक कार्यक्रम सुरु हुने छ। भेलाको लुम्बिनी प्रदेशका सभामुख तुलारामघर्तिले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छ्न । भेलाबाट लुम्बिनी प्रदेशको नयाँ नेतृत्व समेत चयन हुने प्रदेश अध्यक्ष बन्जाडेले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.