Nepali News Portal

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि काठमाडौमा आवास गृह

काठमाडौँ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार आवास गृह हस्तान्तरण गरिएको छ। यस अघि काठमाडौ आउँदा प्रदेश प्रमुख र मुख्यमन्त्री सरकारले उपलब्ध गराएको भाडाको घरमा बस्ने गर्दथे । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा तयार आवास गृह हस्तान्तरण गरेका हुन् ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि भैेंसेपाटीमा प्रत्येक प्रदेशका लागि एउटा भवन तयार भएको छ । सो भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ ।
ती भवन काठमाडौँ आउँदा मुख्यमन्त्री र प्रदेश प्रमुखले बस्नका लागि प्रयोग गर्नेछन् भने सम्पर्क कार्यालय समेत राख्ने जनाइएको छ । आवास भवन ८५ करोडको लागतमा निर्माण गरिएको जनाइएको छ ।
हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण गरिएको छ । जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.