Nepali News Portal

स्कलर्स होम वोर्डिङ स्कुलमा अभिभावक अन्तरक्रिया

बुटवल । स्कलर्स होम वोर्डिङ स्कुलले संस्कार सहितको ब्यावहारिक शिक्षाका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रवार करिव ५ सय जना अभिभावकको उपस्थितिमा गरिएको कार्यक्रममा पुर्ब शिक्षा अधिकारी टेक बहादुर थापा, प्रशिक्षक मनिश मिश्र, पुरुषोत्तम भन्डारीले सहजीकरण गरेको उप प्राचार्य टिकाराम गौतमले जानकारी दिए ।

प्राचार्य बाबुराम बन्जाडेले बिधालय अगाडी सारेका योजाना सहित सस्कार सहितको ब्यवहारिक शिक्षाको लागि पाठ्यसामग्री सहित शिक्षण शिकाइलाई अगाडी बढाउदै नानीबाबूको प्रगतीको लागि अभिभावक पनि उतिकै सजक हुनु पर्ने बताए ।

विद्यालयको शिक्षालाई प्रविधिमैत्री बनाउदै लगिएकाले ३२ बर्ष अघि देखिनै निरन्तरत शैक्षिक गतिविधि गरि गुणस्तर कायम गर्न सफल भएको उनले बताए । शिक्षण शिकाइलाई प्रोग्रेसिभ बनाई थप सृजनशिल र गुणस्तरीय बनाउदै संस्कारयुक्त नागरिक बनाउने उदेश्यले अभिभावकहरुसंग निरन्तर अन्तरक्रिया छलफल गरिएको उनको भनाई छ ।
प्रमुख अथिती टेक बहादुर थापा ले २१औ सताब्दीको आधुनिक शिक्षा शिक्षण अभ्यासमा स्कलर्स होम स्कुल अगाडी रहेको बताए । सोही अवसरमा अभिभावकलाई सुगर परिक्षण र सामान्य स्वास्थ परिक्षण तथा आंखा जांच समेत गरिएको थियो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.