Nepali News Portal

समाजबादी मोर्चा एकै ठाउमा जाने प्रक्रियामा छ, टाढाबाट धेरै नजिक आइसकेका छौं -नेता शाक्य

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले समाजवादी मोर्चा कसैको विरुद्धमा नभएको बताएका छ्न । तर उनले परिवर्तनहरुको विरुद्धमा लाग्नेको लागी भने बिरोधि मोर्चाको रुपमा रहने बताए ।

“यो कसैको बिरुद्धमा जान गरिएको मोर्चा होइन , मुलुकको हित रास्ट्रिय हित बाहिर जानेको बिरुद्धको मोर्चा हो । ” आइतबार समाजबादी मोर्चाले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शाक्यले भने – परिवर्तन र संविधानको रक्षाको लागी समाजबादी मोर्चा आवस्यकता भयो, त्यसको लागि हो । ” नेता शाक्यले रास्ट्रियता जनजिबिका र संविधानले कल्पना गरेको समाजबादको दिशामा मोर्चा अघि बढने बताउदै गुण र दोषको आधारमा सरकारको बचाउ र बिरोध गर्ने रणनीति मोर्चाले लिएको बताए ।  तत्काल पार्टी एकताको लागी मोर्चा नभएको र कालान्तरमा  पार्टी एकता हुने बताए । “हामी फरक फरक सिद्धान्त र बिचार लिए पनि रास्ट्रियताको पक्षमा एक छौं ।” उनले भने – समाजबादी मोर्चा एकै ठाउमा जाने प्रक्रियामा छ । टाढाबाट धेरै नजिक आइसकेका छौं ।” कतिपय बिषयमा मोर्चामा रहेका पार्टीका आफ्ना फरक मत रहेपनी मुख्य बिषयमा साझा धारणामा रहेको उनले बताए।

नेपाल कम्युनिष्ट पार्टी पोलिट्बुरो सदस्य एव पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले देशको राजनितिकअबस्था फेरीएको कारण देशमा बिगतमा भएका आन्दोलनको उपलब्धीमाथी प्रहार हुने सम्भावना  रहेको बताए । देश तथा विदेशी शक्तीको चलखेलबढ्न लागेको कारण मोर्चाको आवश्यकता रहेको उनले बताए । समाजवादी मोर्चा लुम्बिनि प्रदेश घोषणा सभा आगामी भाद्र १२ गते बुटवलमा हुने भएको छ  । सोको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, जनता समाजवादीका राजनीतिक समितिका सदस्य मनिकर कार्की,  जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नवीन सुनार, एकृकीत समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका नेता सरद वलीको उपस्थिति रहेको थियो। लुम्बिनीको घोषणा सभाको ब्यबस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

आगामी भाद्र १२ गते बुटवलको अन्तराष्टीय सभाहलमा हुने मोर्चाको प्रदेशस्तरीय घोषणा  सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)  पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (समाजबादी) का अध्यक्ष माधव कुमार नेपाल,  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव),  जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव  लगायतका नेता सहभागी हुने मोर्चाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.