Nepali News Portal

प्रेस सेन्टरका पत्रकार पनि खटिए अभियानमा

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )संचालन गर्न  लागेको तीन महिने विशेष अभियानमा प्रेस सेन्टर नेपालमा आबद्ध पत्रकारहरु पनि सहभागी हुने तयारी गरेका छ्न ।  दाङमा प्रेस सेन्टरका प्रदेश र जिल्ला नेताहरूलाई तीन महिनाका लागि पालिकाको जिम्मेवारी दिइएको छ ।  बंगलाचुली गाउँपालिकामा भुपेन्द्र ओली, लमही नगरपालिकामा दीवाकर पोख्रेल, राजपुर गाउँपालिकामा केशरमान बुढाथोकी, राप्तीमा पाण्डव शर्मा, घोराहीमा जनक नेपाली, तुलसीपुरमा राकेश बस्नेत, गढवामा शिवु खनाल, बबई र शान्तिगरमा दीपक बोहरा तथा दंगीशरण गाउँपालिकामा गिरीराज नेपालीलाई जिम्मेवारी तोकिएको छ । प्रेस सेन्टर दाङको आज घोराहीमा बसेको बैठकले अन्य केन्द्रीय, प्रदेश र जिल्ला समितिका नेताहरू सम्बन्धि वडा क्षेत्रमा जोडिने निणर्य गरेको छ । अभियानको अनुगमन समितिमा अजयदीप शर्मा, उदय जिएम, लक्ष्मी आचार्य र पुरन शर्मा रहेका छन् ।

बैठकले राप्ती गाउपालिका प्रेस सेन्टरको संयोजकमा तुलबहादुर कवँर मगरलाई जिम्मेवारी दिइएको छ । राप्तीमा भदौं मसान्त भित्र पालिका कमिटी गठन गरिसक्नुपर्ने छ ।

बबई गाउँपालिकामा नयाँ कार्यसमिति निर्माण नहुँदासम्म समन्वय गर्ने जिम्मेवारी सह-सचिव दीपक बोहोरालाई जिम्मेवारी दिइएको संगठनका अध्यक्ष पाण्डव शर्माले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.