बुटवल । नेपालमा नेताहरु कस्तो कार्यक्रमलाई कति प्राथमिकता दिने भन्ने बारे त्यति सारो मतलव राख्दैन । उदेश्यको बारेमा पनि खोजीनीति हुँदैन । बोलायो भने समय पाए सम्म कुदिहाल्ने । आज मुख्यमन्त्री नै आफ्नै प्रदेशमा रास्ट्रप्रतिको अपमान महसुस गरि कार्यक्रम नै बहिष्कार गरेर हिड्नु परेको छ ।
नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका हुन ।
रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरे।
प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागि भएका कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशीगीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरि हिडेका हुन । नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले पत्रकारलाई बताए ।