Nepali News Portal

सरकारद्वारा ३ अर्ब  बढी जापानको अनुदान  सहायता स्वीकार

काठमाडौ। सरकारले जापान सरकारबाट  ३ अर्ब  बढी अनुदान  सहायता स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले  धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यसै गरि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६को उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्न,  प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्न, जे.बी. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।
बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका पिता  हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएकोमा हार्दिक  श्रद्धाञ्जली अर्पण गर्दै  मन्त्रीलगायत शोक सन्तप्त परिवारजनप्रति समबेदना प्रकट गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.