Nepali News Portal

धादिङमा बस दुर्घटना हुंदा ८ जनाको घटनास्थलमै मृत्यु

धादिङ । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङमा दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको जानकारी दिए।
घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.