Nepali News Portal

माओवादीको बिचार र राजनीतिले आमुल परिबर्तन भयो : शाक्य

माओवादीको सरकार जनताको सरकार भन्ने जनतामा छाप बसेकोले सरकारका बिरुद्ध केही तत्वहरु लागेको उनको भनाई छ।

देउखुरी (दाङ) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सचिब हितमान शाक्यले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले जनपक्षिय कार्य गरेको बताउदै त्यस प्रकारको सन्देश जनतासंग पुराउनु पर्नेमा जोड दिएका छन ।

उनले माओवादीको सरकार जनताको सरकार भन्ने जनतामा छाप बसेकोले सरकारका बिरुद्ध केही तत्वहरु लागेको बताए । नेता शाक्यले प्रतिगामि शक्तिका बिरुद्धमा माओवादी आधार इलाका प्रदेश लुम्बिनी प्रदेशले रक्षार्थका लागि एक ढिक्का भएर लाग्न निर्देशन दिए ।
पार्टीको सरकार नेपालको जनयुद्ध सफल बनाउन जनबर्गिय सङ्गठनहरुको पार्टीको आधारभुत सङगठन भएकोले शान्तिपूर्ण राजनितीमा सबै जन बर्गिय सङगठनको परिचालनमा पहिलो प्राथमिकता दिएको उनले बताए ।
माओवादि केन्द्र बिशेष रुपान्तरण अभियानको शिलशिलामा लुम्बिनी प्रदेश पार्टीको आयोजनामा भएको जनबर्गिय सङ्गठनको अध्यक्ष र इन्चार्जहरुको बैठकलाई आज देउखुरीमा सम्बोधन गर्दै उनले माओवादीको तिन महिने अभियानमा जनताको घर घर सम्म पुगेर गहिरो छलफल गरि पार्टी र नेताहरु रुपान्तरण हुनु पर्ने बताए।

उनले जनतामा माओवादिको बिचार, राजनितिले आमुल परिबर्तन भएको बताउदै यसको सकरात्मक रुपमा पुर्‍याउन नसकेकोले ३ महिनामा पुर्‍याउनु पर्ने बताए ।
लुम्बिनी प्रदेशका इन्चार्ज तथा सचिब हितमान शाक्यले जनयुद्धको पनि लामो समयको तयारिपछि प्रचण्डको नेतृत्वमा भएकोको बताउदै अब पनि शान्तिपूर्ण राजनितीक समयमा पनि ब्रेक गरेको बताए । ।

बैठकमा लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले लुम्बिनी प्रदेशको पार्टी नया बनाउन र जनताको घर घरमा जानेको लागि कार्य योजना निर्माण गरेको बताउँदै अब लाग्नका लागि लाग्न निर्देशन दिए । स्थायी समिति सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य निर्मल आचार्य लगायतका नेताशरुले तीन महिनामा सबै जनताको घर घर जनबर्गिय संगठन निर्माण गर्ने सुझाव सहित मन्तव्य व्यक्त गरे ।

You might also like
Leave A Reply

Your email address will not be published.