अनुसन्धानका लागि बोलाउनुस् भनेकै छु, बोलाउँदैनन् त के गर्नु ? :महरा
‘आरोप निराधार र मिथ्या छ । सुन प्रकरणमा विनाकारण मुछेर सञ्चार माध्यममा गलत प्रचार भएको छ ।’
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउने बताएका छन् ।
दाङमा पत्रकारसँग ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बोलाउँदैनन् त के गर्नु’भन्दै प्रश्न गरेका छन । उनले आफुमाथी लगाईएको आरोप निराधार र मिथ्या भएको बताए । महारले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले राजनितिक प्रतिशोधका कारण आफुलाइ सुन प्रकरणमा जोडिएको बताए।
नेता महराले आफू संलग्नै नभएको बिषयलाइ अनावश्यक उछालिएको बताए। राजनितिक रुपमा कमजोर पार्ने रणनीति स्वरुप सुन प्रकरणमा जोडिएको बताउदै उनलेपार्टी भित्रबाटै पनि सिध्याउने खेल हुन सक्ने आशंका गरे । उनले बाहिरबाटै पनि आफुमाथी निरन्तर प्रहार भईरहेको बताए।
उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताए । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ ।
उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।
‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो,’ उनले भने, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भएकोमा म दु:खी छु ।’