Nepali News Portal

गुल्मीमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले चिलेको थियो ।

अरिङ्गालको चिलाईबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसे । आज  बिहान आफन्तले गुल्मी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.