काठमाडौँ । नेकपा एमालेले आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ । जसअनुसार भदौ १६–१७ मा लुम्बिनी, असोज ५–६ मा मधेश, असोज ८–९ मा बागमती, असोज १०–११ मा कर्णाली, असोज १२–१३ मा कोशी, असोज १५–१६ मा गण्डकी, असोज १९–२० मा उपत्यका विशेष र असोज २१–२२ मा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ।
एमालेले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण गरेको छ । सोमबार बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकेको छ ।
यस्तै कमिटीमा युवा सहभागिताको सुनिश्चितता गर्नुपर्ने निर्णय पनि गरेको प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो अनुसार प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा र टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरिएको उनको भनाइ छ ।