Nepali News Portal

संघीयताको मर्म अनुसार निजामति कर्मचारी ऐन बन्छ : सभामुख

दाङ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताको मर्म अनुसार निजामति कर्मचारी सम्वन्धी ऐन बन्ने बताएका छन ।
उनले प्रदेशलाई बलियो वनाउने गरी ऐन, कानुन निर्माण गर्ने कुरामा प्रदेश सभाले सदैव सचेत रहेको बताए । संघीयताको मर्म अनुसार लुम्विनी प्रदेशवासीलाई हित हुने गरि कानुन वनाउनेमा सभा प्रतिवद्ध रहेको उनको भनाई छ ।
प्रदेश निजामति सेवाको गठन, संचालन र सेवा शर्त सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकमाथी प्रदेश मामिला तथा कानुन उपसमितिले आईतवार देउखुरीमा आयोजना गरेको विज्ञ तथा सरोकारवाला वीच गरिएको छलफल कार्यक्रममा सभामुख घर्ती मगरले प्रदेशमा दक्ष जनशक्ति तयार नहुदा सम्म संघको कर्मचारी आवश्यक पर्ने तर प्राथमिकता प्रदेशवासीलाई नै दिईने गरी ऐन बनाउने बताए ।
राष्ट्सेवक कर्मचारीहरुलाई जवाफदेही वनाउन र वृत्ति विकासमा समेत ध्यान दिएर ऐन बनाउने उनले प्रतिवद्धता समेत व्यक्त गरे । उनले नयां पुस्ताको लागि प्रदेशलाई आवश्यक पर्ने जनशक्तिको सही परिचालन गर्ने गरी ऐन वनाउनु पर्छ भन्नेमा सबै माननीयहरु सचेत रहेको पनि सभामुख घर्ती मगरले बताए । उनले विज्ञ तथा सरोकारवालाहरुले दिएको सुझावको आधारमा कर्मचारीको ऐन वनाउने पनि प्रतिवद्धता व्यक्त गर्नु गरे ।
कार्यक्रममा गृहमन्त्री सन्तोष कुमार पाण्डेले समितिले निकै मेहनत गरी मस्यौदालाई अन्तिम रुप दिन लागेको बताउदै ऐनमा सवै प्रकारका कर्मचारीहरुलाई सम्वोधन गर्ने बताए । उप समितिका संयोजक भोज प्रसाद श्रेष्ठले विधेयकको वारेमा जनस्तर सम्मबाट सुझावको अपेक्षा गरिएको बताए। प्राविधिकरुपमा समेत विज्ञहरुसंग छलफल गरिएको बताउदै उनले यो विधेयक ऐनको रुपमा आउदा सबै कर्मचारीको भावना समेटिनेबताए। समितिका सदस्य निमा गिरीले ७ दिन सम्म विधेयकको विषयमा गहन छलफल गरिएको र यसलाई अन्तिम रुप दिन लागिएको जानकारी दिईन । समितिका सदस्य इन्द्रजित थारुले उपसमिति नै गठन गरी व्यापक छलफल गरिएकाले सबै कर्मचारीको भावना समेट्ने गरी मस्यौदा तयार गरिने बताए ।  छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाहरुले जसको लागि ऐन बनाईदै छ त्यसले अनुभूत हुने गरी ऐन बनाउन प्रदेश सभा सदस्यहरुलाई सुझाव दिएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.