Nepali News Portal

प्रदेश सभाको सचिवमा पुनः पुन

देउखुरी (दाङ) । लुम्विनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभ कुमार पुन नियुक्त भएका छन । सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज पुनलाई नियुक्त गरेका हुन ।
नेपालको संविधानको धारा १९५ वमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन । यस अघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन । सुदुर पश्चिम प्रदेशको कैलालीमा जन्मीएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत भई १७ वर्ष राजनीतिकमा सक्रिय थिए ।
४८ वर्षिय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीतिशास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन । उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका पुनसंग पत्रकारिताको पनि अनुभव छ ।

You might also like
Leave A Reply

Your email address will not be published.