Nepali News Portal

संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा

 

काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख देवराज घिमिरेहको पहलमा शीर्ष नेता एक ठाउ आएकना हुन ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतक र सचेतकहरु छलफलमा सहभागी भएका छन् ।

आइतबार सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । त्यसक्रममा शीर्ष तहमै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज शीर्ष नेताहरूबीच बैठक भएको हो ।

आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.