Nepali News Portal

लुम्विनी प्रदेशमा जाग्यो समाजवादी मोर्चा

बुटवल । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मेलित समाजवादी मोर्चाले प्रदेश तहमा छलफल, वैठक प्रारम्भ गरेका छन ।
नेतृत्व आलोपालो गर्ने समझदारीका साथ यही असार ४ गते समाजबादी मोर्चा गठन भएको हो । केन्द्रमा मोर्चाले गतिविधी बढाउन नसकेपनि लुम्विनी प्रदेशमा मोर्चाको बैठकको तयारी गरिएको मोर्चा आवद्ध दलका नेताहरुले बताएका छन । प्रदेशमा मोर्चालाई शसक्त रुपमा अघि वढाउन छलफल शुरु गरिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष सुदर्शन वरालले जानकारी दिए ।
सोमवार पनि लुम्विनी प्रदेशमा प्रतिनिधीत्व गर्ने मोर्चा आवद्ध दलका प्रदेश स्तरीय नेताहरुको बैठकले बैठक तथा अन्तरक्रिया, छलफललाई जिल्ला तथा स्थानीय तहसम्म पु¥याउने विषयमा छलफल भएको श्रोतले जानकारी दियो ।

You might also like
Leave A Reply

Your email address will not be published.