बुटवल । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाइरहेका छन् ।
ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउने गर्छन् ।
आज देशैभर यो पर्व मनाइएको छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । गुरुङ समुदायले आज तमु ह्युल छोज धि राष्ट्रि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले बुटवलमा विभिन्न कार्यक्रम गरि मनाएका छ्न ।