Nepali News Portal

औषधी ब्यवसायीहरु आन्दोलित

बुटवल । औषधी ऐन २०३५को दफा ११ उपदफा ५ को खारेजीको माग गर्दै औषधी ब्यवसायीहरु आन्दोलित भएका छ्न । चरणबद्ध आन्दोलनमा होमिएका ब्यवसायीहरुले आज दिउसो ११ बजे देखी १२ बजे सम्म देशै भरी आफ्ना औषधी पसल बन्द गरि बिरोध जनाएका हुन ।
बिहान ११ः०० वजेदेखि १२ः०० बजेसम्म एक घण्टा औषधि पसल (आयात, थोक तथा खुद्रा) पूर्ण रूपमा बन्द गरेर आफ्नो ऐक्यबद्धता जनाएका थिए ।
नेपाल औषधि व्यवसायी संघ , नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, मेलानको संयुक्त रुपमा औषधी ब्यवसायीहरु आन्दोलन गरिरहेका छ्न । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देही तथा लुम्बिनी प्रदेश आज पनि बिरोधको जारी राख्यो । संघीय संसदबाट पारित भई साउन १४ गतेदेखि लागू भएको नयाँ प्रावधानले औषधी व्यवसायीहरूलाई गम्भीर समस्यामा पारेको ब्यवसायीहरुले बताएका छ्न । संशोधित व्यवस्था अनुसार तोकिएको समयसीमाभित्र उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र वा प्रमाणपत्र नवीकरण नगरे दोब्बर दस्तुर तिरेर ३० दिनभित्र नवीकरण गर्न सकिने उल्लेख गरिएको छ । उक्त अवधि नाघेमा प्रमाणपत्र ‘स्वतः रद्द’ हुने प्रावधानले दशकौँदेखि सञ्चालनमा रहेका व्यवसाय समेत बन्द हुने अवस्था सिर्जना भएको संघले जनाएको छ ।
नेपाल औषधी व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले ऎन संसोधनको सुनिश्चितता नभए सम्म आन्दोलन जारी रहने बताउनु भयो । उहाँले “व्यवसाय सुरक्षित-व्यवसायी सुरक्षित” नीतिलाई आत्मसात् गर्दै दृढता पुर्बक अन्यायपूर्ण प्रावधान विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गर्नु भयो ।
२०५७ सालको दोस्रो संशोधनमा राखिएको यस्तै व्यवस्था तीव्र विरोधपछि ‘द्रष्टव्य’ राखेर सच्याइएको थियो । तर २०७२ पछि पुनः लागू गरिएको छ । यो प्रावधान व्यवसायीको हित विपरीत भएको र हजारौँ ब्यवसायी विस्थापित हुने जोखिम रहेको ब्यवसायीहरुले बताएका छ्न ।

You might also like
Leave A Reply

Your email address will not be published.