Nepali News Portal

दुई तिहाइले मात्र हुँदैन जनताको साथ चाहिन्छ : प्रचण्ड

दाङ ( लमही) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलियो साथ नभए चुनाव जितेरै मात्रै केही नहुने बताउनु भएको छ ।
आज दाङको लमहीमा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले दुई तिहाइ बहुमत हासिल गर्दा पनि हेलिकोप्टर चढेर भाग्नु परेको भन्दै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्नु भयो । ‘चुनाव जितेर मात्रै केही हुँदो रहेनछ, चुनाव मात्रै जितेर मात्र हुन्थ्यो भने त कांग्रेस र एमालेको दुई तिहाइ थियो नि अस्तिको संसद्मा, के नाप्यो त्यो दुई तिहाइले ? भाग्न पर्‍यो, हेलिकप्टर चढेर भाग्नु पर्‍यो ।’ उहाँले भन्नू भयो- जनता साथमा भए अरु केही चाहिदैन हामीलाई जनता कै भरोसा छ।”
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको विध्वंसको योजनाकार प्रचण्ड भएको भनी लगाएको आरोपको उनले प्रतिवाद गरे ।
उनले भने, ‘मिस्टर केपी ओलीले आजभोलि प्रचण्डले नै हो यो सबै गराएको भन्ने गरेका छन्, त्यो उनीहरूको कुकर्मले गर्दा यस्तो भयो भन्ने चेतना अझै उनलाई आएको छैन, त्यो दम्भ अझै हटेको छैन ।’
संयोजक प्रचण्डले साम्राज्यवादी विरुद्ध लड्न र जनताको पक्षका मुद्दामा लड्न वाम घटकबीच एकता भएको बताउनु भयो । उहाँले गणतन्त्र लगायतका राजनीतिक उपलब्धिलाई बचाउन आवश्यक परे बलिदान दिन फेरी तयार रहेको बताउनु भयो । जेन्जी आन्दोलनले आफुहरुलाई आत्मसमिक्षा गर्न पनि सहयोग बताउदै उहाँले भन्नुभयो – यो आत्मालोचना सभा पनि हो । नयाँ संकल्प सभा पनि हो ।” जेन्जी आन्दोलनले झक्झकाएको र आफुलाई परिवर्तन गर्नु पर्ने अवस्था सिर्जना भएको उहाँले बताउनु भयो ।
बामपंथी बीच एकाएक हतारमा पार्टी एकता नभएको बताउदै उहाले माधव नेपाल संग ४० बर्ष देखी सहकार्य र सम्बाद रहेको बताउनु भयो ।
नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधव कुमार नेपालले ओलीको मति सुधार गर्न नसकिएको बताउनु भयो । ।” मैले पनि सकिन सुधार्न सक्नु भयो भने सुधारनुहोस देशलाई पनि राम्रै हुन्छ।” उहाँले भन्नु भयो । उहाँले एकता सभामा जनताको उपस्थितले उत्साहित भई दङ्ग परेको बताउनु भयो । “यो उपस्थितिले म दङ्ग छु कमरेड प्रचण्ड पनि दङ्ग हुनुहुन्छ ।” उहाँले बताउनु भयो ।
नयाँ ढंगले देश बनाउन जरुरी रहेको बताउनु भयो । राज्यलाई लोकतान्त्रिक बनाउन चाहेको बताउनु भयो । जनताको चाहना अनुसार काम गर्ने बताउनु भयो ।
नेता बामदेब गौतमले केपी ओली आफ्नै कारणले शक्तिहिन भएको र जाल झेल धेरै टिक्दैन भन्ने पुष्ठि भएको बताउनु भएको छ । उहाँले नेपाली कम्युनिष्ट पार्टी सबै भन्दा ठुलो पार्टी बनाउने जसको ३० लाख सदस्य बनाउन सकिने बताउनु भयो ।
उहाँले उत्पादनमा आधारित पार्टी बनाउन जरुरी रहेको बताउनु भयो । ” उत्पादनमा आधारित पार्टी बनाउनु पर्छ ।” उहाँले भन्नुभयो ।” बिचार र भावना मात्र होईन श्रम गरेर पार्टी चलाउने श्रोत बनाउनु पर्छ ।” उहाँले १० हजार उत्पादन समुह निर्माण गर्ने बताउनु भयो । उहाँले अबको निर्वाचनमा २ तिहाइ बहुमत ल्याई देशलाई समृद्ध बनाउने बताउनु भयो ।
नेता भिम रावलले नेपाली जनताको पक्षमा नेपाली कम्युनिष्ट पार्टी रहेको र जनताको बिश्वास पार्टीमा रहेकाले ठुलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताउनु भयो। उहाँले रास्ट्र र राष्ट्रियता बचाउन नेपाली कम्युनिष्ट पार्टीको विकल्प नभएको बताउनु भयो ।
नेता चक्रपाणि खनाल (बलदेव)को अध्यक्षता, नेता मेटमणी चौधरीको संचालनमा भएको कार्यक्रममा नेताहरु बर्षमान पुन, रेखा शर्मा , इन्द्रजित चौधरी ,चिरन पुन, डा. लक्ष्मी ओली लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.