Nepali News Portal

बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँच तारे होटल संचालन

बुटवल । रुपन्देहीमा विमानस्थललाई लक्षित गरेर अर्बौं लगानीका होटल खुल्ने क्रम जारी छ ।निजी क्षेत्रको लगानीमा बुटवलमा पाँच तारे होटल ‘हायात प्यालेस’ सञ्चालनमा आएको छ । भारतीय पर्यटकलाई लक्षित गरि यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा उक्त होटल संचालमा आएको हो । ३ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण भएको हायात प्यालेस बुटवलको पहिलो र रुपन्देहीको पाँचौं फाइभ स्टार होटल हो ।
५ वर्षमा निर्माण सम्पन्न गरी आइतबारदेखि होटल पूर्णरूपमा सञ्चालनमा ल्याइएको होटलका अध्यक्ष चुन्नु पौडेलले जानकारी दिनु भयो ।
होटल बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि रहेको छ । केन्द्रको अगाडि रहेकाले फाइभ स्टार होटलमा बस्ने पर्यटकहरूलाई सहज हुने संचालकहरुले बताउनु भएको छ । होटलको अगाडि १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ३ हजार क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) छन् । ५ हजार ७४६ वर्गमिटरमा होटल फैलिएको छ । पाँच तारे होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र व्याङक्वेट हल, क्यासिनो, स्पा र अन्य सुविधाहरू पनि होटलमा छन् ।
होटल सञ्चालकमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडेल र श्रवण बेरिवाल रहनु भएको छ । ग्लोबल आईएमई बैंक र होटल स्याफ्रोन सिकेको लगानीमा निर्माण भएको होटलमा व्यवस्थापन र सञ्चालनको जिम्मा हायात प्रालिको रहेको छ । होटल एक विगाहा ६ कट्ठा क्षेत्रफलमा फैलिएको छ । क्यासिनो पनि अबको एक वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउनेछ ।
होटलमा व्याङक्वेट हल र सेमिनार हल ४ वटा रहेका छन् । फाइभ स्टारको सबै मापदण्ड पूरा गरेर फूल फेजमा सञ्चालनमा ल्याइएको पौडेलको भनाइ छ । होटलमा एकसाथ २५० जना पाहुना बस्न सक्नेछन् ।
होटलमा १०९ वटा कोठा सुन्दर डिजाइनले सजाइएको छ । रुमहरु स्ट्यान्डर्ड, फरेस्ट भ्यू, हिल भ्यू, बाल्कोनी, एन्जिक्यूटिभ सुइटस, प्रेसिडेन्सियल सुइटस रहेको छ ।
२०७९ भित्रै सञ्चालनमा ल्याउने गरी निर्माण थालिए पनि कोरोना महामारीलगायतले निर्माणमा ढिलाइ भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.