Nepali News Portal

आन्दोलनको दोश्रो दिन सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

आन्दोलनको दोश्रो दिन सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
काठमाडौं । आन्दोलनको दोश्रो दिन जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् उनीहरुले सिंहदरबारमा आगजनी गरेका छ्न । आन्दोलनकारीले संसद भवन नियन्त्रणमा लिएर आगजनी गरे । विभिन्न राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुको निजि निवासलाई निसाना बनाएका उनीहरुले पार्टी कार्यालय र नेताहरुको घरमा आगजनी गरेर ध्वस्त बनाएका छ्न । आन्दोलनको क्रममा १९ जनाको ज्यान गए पछि जेनजीहरूले आज आक्रमण रुपमा प्रदर्शन जारी राखेका छन् । काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । यसै बिच प्रधान मन्त्री केपि शर्मा वलीले पदबाट राजीनामा दिनुभएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.