बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रबिधिको प्रयोग गरि प्रदेश सभालाई प्रभावकारी बनाउन लागिएको बताउनु भएको छ ।
सभाका कार्यलाई जनताको पहुँचमा पुर्याउन प्रबिधिको प्रयोगलाई जोड दिईएको बताउदै उहाँले सभाका सदस्यहरुलाई पनि प्रबिधिमा पोख्त बनाउन लागिएको बताउनु भयो ।
संयुक्त रास्ट्रसंघीय बिकास कार्यक्रम संसद सहयोग परियोजनाको आयोजना तथा संचारिका समुह लुम्बिनीको सह आयोजनामा आज बुटवलमा भएको लुम्बिनी प्रदेश सभका माननीय सदस्यहरुको प्रभावकारी भुमिकाका लागि कृत्रिम बौद्धिकता (AI) को उपयोगिता सम्बन्धमा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्नु हुँदै उहाँले भन्नू भयो – माननीयहरुलाई आईडाेलोजी संगै टेक्नोलोजीमा जोड्नु पर्ने छ । यो अभिमुखीकरणले सहयोग पुग्ने नै छ । ”
उहाँले मुख्य कुरा बिचारधारा भए पनि प्रबिधिलाई जोडन सकेको खण्डमा त्यो प्रभावकारी बन्ने बताउनु भयो । ” हामीले आईडाेलोजीलाई अहिले सम्म प्राथमिकता दियौं , यो प्रमुख कुरा हो ,आईडाेलोजी बिना शासन ब्यवस्था राम्रो बनाउन सकिदैन ।” उहाँले भन्नुभयो -” टेक्नोलोजीलाई जोड्दा अझै प्रभावकारी बनाउन सकिन्छ। उहाँले उच्चतम बिचार धारा र प्रबिधिको संयोजनबाट प्रदेश सभालाई प्रभावकारी बनाउने बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा उप सभामुख मेनुका खाड केसी , प्रदेश सभाका सदस्यहरुको सहभागीता रहेको संचारिका समुह लुम्बिनीको अध्यक्ष अमृता अनमोलले जानकारी दिनुभयो ।
You might also like